prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'भेरी अस्पताल घटना आवेगको परिणाम'
'भेरी अस्पताल घटना आवेगको परिणाम'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २०, २०७८ बागेश्वरी पोस्ट
'भेरी अस्पताल घटना आवेगको परिणाम'

नेपालगञ्ज । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनाको छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । 

पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै प्रजिअ गेलालले घटना सुनियोजित नभई आवेगको परिणाम भएको बताउनुभयो । सार्वजनिक गरिएको प्रतिबेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात् आवेगको कारण घटना घट्न गएको निष्कर्ष निकालिएको गेलालले जानकारी दिनुभयो ।

नर्सिङ स्टाफसहित चिकित्सक समेत ज्यान जोगाउन एक तलाबाट हामफल्नुपर्ने गरी भएको घटनालाई छानविन समितिले आवेगमा भएको घटनाको संज्ञा दिँदै अस्पतालमा सुधार गर्नुपर्ने सुझावहरु समेत दिएको गेलालले जानकारी दिनुभयो । 

प्रतिबेदनले अस्पतालको सेवामा केही कमी भएको संकेत गर्दै त्यसकै कारण घटना घटाउनेहरु आवेगमा आएको प्रतिबेदनको आशय रहेको बताइएको छ । समितिले बुझाएको प्रतिबेदनमा विभिन्न २० बुँदे कमी कमजोरी औंल्याउँदै २५ बुँदे सुझाव समेत दिइएको छ । समितिले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारवाहीको सिफारिस गरेको छ ।

प्रजिअ गेलालले अस्पतालमा उपचारको लागि आउने विरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विशेष ध्यान पुर्याउने लगायतका सुझाव आउनुको साथै अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन समितिले दिएको सुझावलाई कार्यान्वयन गर्दै घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रियामा अघि बढाइएको बताउनुभयो । 

गत १३ गते राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि हातपात गरेका थिए । घटनामा संलग्न रहेका मृतकका भाईहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योग तथा शारीरिक उपद्रो कसुरमा मुद्दा दर्ता भएको छ ।

घटना लगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP