नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बालबालिकाले किसमिस खानुका यस्ता छन् फाइदा
बालबालिकाले किसमिस खानुका यस्ता छन् फाइदा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १६, २०७९ बागेश्वरी पोस्ट
बालबालिकाले किसमिस खानुका यस्ता छन् फाइदा

नेपालगन्ज । बालबालिकाको उचित मानसिक र शारीरिक विकासको लागि धेरै कदम चाल्छन् । विशेषगरी आमाहरू बालबालिकाको स्वास्थ्यप्रति धेरै सचेत हुन्छन् ।

बच्चाको उचाइ, तौल सही समयमा बढिरहेको छ वा छैन, कुनै रोगले सताएको छ कि छैन, यी सबै कुरामा आमाले चनाखो भएर बस्छिन् । तर, कतिपय कुरा यस्ता हुन्छन्, जसलाई विज्ञहरूले नभनेसम्म अभिभावकले पनि ध्यान दिँदैनन् ।

यी मध्ये एक हो एनिमिया । नेपालमा बालबालिकामा रक्तअल्पता र कुपोषण एक समस्या हो । बच्चालाई रक्तअल्पताबाट बचाउन आहारमा किसमिस समावेश गर्न सकिन्छ ।

किसमिसले एनिमिया हुनबाट बचाउँछ ? 

किसमिसमा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर पाइन्छ । यी सबै पोषक तत्वहरूले शरीरमा रगतको कमीलाई पूरा गर्छ ।

किसमिसमा गरिएका धेरै अनुसन्धानका अनुसार यसको नियमित सेवनले शरीरमा आइरनको मात्रा बढाउँछ । सही मात्रामा आइरनले रगतको कमीलाई पूरा गर्न मद्दत गर्छ ।

शिशुको लागी किसमिसको लाभ

किसमिसमा भएका पोषक तत्वले बालबालिकाको पाचनशक्ति सुधार्न मद्दत गर्छ । यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । फाइबर पाचनका लागि उत्कृष्ट छ। आहारमा फाइबर सन्तुलित मात्रामा लिइयो भने यसले पेट दुख्ने, कब्जियत, पखाला र अपचबाट राहत दिन्छ ।

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनको अनुसन्धानका अनुसार किसमिसमा क्यान्सर जस्ता घातक रोगबाट बच्ने गुण पनि हुन्छ । बालबालिकाको आहारमा किसमिस समावेश गर्नाले क्यान्सरबाट बच्न मद्दत गर्छ ।

किसमिसको सेवनले बालबालिकाको हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ । किसमिस क्याल्सियमको राम्रो स्रोत हो । जसका कारण यसले हड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्छ ।

बालबालिकाको तौल बढाउन पनि किसमिसको प्रयोग गरिन्छ । बालबालिकालाई दैनिक १० देखि १५ ग्राम किसमिस खुवाएमा उनीहरुको शरीरको तौल छिटो बढाउन सकिन्छ । साथै, यसले तिनीहरूलाई ऊर्जा प्रदान गर्न पनि मद्दत गर्दछ ।

जर्नल अफ फार्माकोग्नोसी एन्ड फाइटोकेमिस्ट्रीले गरेको अनुसन्धानले किसमिसमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्ने कुरा पत्ता लगाएको छ । रक्तचाप नियन्त्रणमा राख्दा मुटु रोगको जोखिम कम हुन्छ ।

बच्चाहरूलाई किसमिस खुवाउने तरिकाहरू

किसमिसलाई खीर, हलुवा वा अन्य कुनै पनि परिकारमा मिसाएर खुवाउन सकिन्छ । यसबाहेक किसमिसलाई पानीमा भिजाएर वा शेकमा मिसाएर पनि दिन सकिन्छ ।

एक वर्ष भन्दा कम उमेरका बच्चालाई काटेर वा पिसिरे दिन सकिन्छ । साना बच्चाहरूलाई पूरै किसमिस दिँदा उनीहरूलाई निसास्सिन सक्छ । यस्तो अवस्थामा सावधानी अपनाउन जरुरी छ ।


प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP