नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसिसी प्रिमियर कप: नेपालले ओमानलाई ८४ रनले हरायो
एसिसी प्रिमियर कप: नेपालले ओमानलाई ८४ रनले हरायो
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ८, २०८० बागेश्वरी पोस्ट
एसिसी प्रिमियर कप: नेपालले ओमानलाई ८४ रनले हरायो

नेपालगन्ज । एसीसी प्रिमियर कप क्रिकेटको समूह 'ए' को दोस्रो खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ । 

भर्खरै सम्पन्न भएको खेलमा नेपालले दिएको  ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो ।

४६.३ ओभरमा ९ औं  विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शानदार शतक र सोमपाल कामीको शानदार अर्धशतकको मद्दतले ८ विकेटको क्षतिमा ३१० रन बनायो । 

नेपालले एक दिवसीयमा पहिलो पटक तीन सय रनको योगफल पूरा गरेको हो । एक दिवसीय खेलमा नेपालले यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यूगिनीविरुद्ध २९७ रन बनाएको थियो । यस अर्थमा नेपालले व्यक्तिगततर्फ कीर्तिमान बनायो । 

कुशलले यसअघि चार वटा अर्धशतक बनाए पनि एक दिवसीयमा शतक भने बताउन सकेका थिएनन् । उनले शतक बनाएर कीर्तिमान बनाए।

कुशलले नेपाली टिम कमजोर अवस्थामा रहेका बेलामा उत्कृष्ट खेल खेल्दै शतक बनाएका हुन् । उनले मात्र ५९ बलमा पहिलो शतक बनाएका हुन् । सो क्रममा उनले ९ छक्का र ९ चौकाको प्रहार गरेका थिए । 

उनी एक दिवसीयमा शतक बनाउने छैटौं नेपाली खेलाडी हुन् । तर, उनको नाममा शानदार कीर्तिमान बन्यो । उनी कम बलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न सफल भए । 

उनी ६४ बलमा १०८ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित पौडेलले ९५ बलमा शतक बनाएर छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा राखेका थिए ।

त्यस्तै सोमपालले ४८ बलमा अविजित रहँदै ६३ रन बनाए । उनले नौ चौका प्रहार गरे । उनको यो दोस्रो एक दिवसीय अर्धशतक हो । त्यस्तै करण केसीले १५ बलमा अविजित रहँदै २९ रन बनाए । 

नेपालले कमजोर शुरुआत गर्यो । नेपालले रनको खाता खोल्नु अघि नै शुरुआती दुई विकेट गुमाउन पुग्यो । नेपालका लागि कुशल भुर्तेल ८ बल र आसिफ शेखले १० बल खेलेर रन नबनाइ आउट भए । नेपालले ४.४ ओभर अर्थात् २८ बलमा पहिलो रन बनाएको थियो । 

तर, त्यसपछि आएका भीम सार्की र कप्तान रोहित पौडेलले भने आकर्षक खेले । दुवैले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । सो क्रममा रोहित २३ तथा भीम ३३ रन बनाएर आउट भए । आरिफ शेखले २९ रन बनाए । त्यस्तै सन्दीप लामिछाने ८ तथा दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट भए । 

ओमान नेपाल भन्दा बलियो टिम हो । उसले विश्वकप लिग २ मा दोस्रो स्थानमा रहेर विश्वकपमा सिधै छनोट चरण खेल्न पाएको थियो । नेपाल भने तेस्रो भएर । 

शुक्रबारको खेलमा कीर्तिपुर मैदानमा ओमानले २२६ रन मात्र जोड्न सक्यो । उसले ४६।३ ओभरमा अलआउट हुँदै उक्त योगफल बनाएको हो । ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाए । त्यस्तै सन्दीप गोउडले ४६ रन जोडे । ९९ रन जोड्दा ओमानले ५ विकेट गुमाएको भए पनि सम्मानजनक स्कोर जोड्न सक्यो । 

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट लिए । 


प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP