नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • यूएईविरुद्ध नेपाली बलर चम्किंदा, १०६ रनमै ९ विकेट......
यूएईविरुद्ध नेपाली बलर चम्किंदा, १०६ रनमै ९ विकेट......
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १८, २०८० बागेश्वरी पोस्ट
यूएईविरुद्ध नेपाली बलर चम्किंदा, १०६ रनमै ९ विकेट......

नेपालगन्ज । आज बिहानदेखि कीर्तिपुर क्रीकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप क्रीकेटको फाइनलमा नेपाल र यूएई भिड्दैछन् । टस हारेर पहिलो ब्याटिङ गरेको यूएई सस्तै रनमा समेटिएको छ । 

नेपाली बलर हावी बन्दा यूएईले पहिलो विकेट १७ रन बनाउँदा गुमायो । पहिलो विकेट गुमाउँदै  कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । उनको सोमपाल कामीले विकेट लिएका थिए । 

त्यस्तै यूएईले २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले उनको विकेट लिए । 

यूएईको ८.१ ओभरमा ३५ रन हुँदा तेस्रो विकेट गुमाएको हो । तेस्रो विकेटका रुपमा आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे । 

यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई ललित राजवंशीले आउट गरेका थिए । 

यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

यूएईले २२.५ ओभरमा ९० रन जोड्दा छैटौं विकेट गुमाएको छ । बसिल हमिद १० रन बनाएर आउट भएका छन् । उनलाई गुल्सन झाले आउट गरे ।  

यूएईले २५.४ ओभरमा १०३ रन जोड्दा सातौं विकेट गुमाएको हो । आयान अफ्जल खान ५ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् । 

यूएईले २७.२ ओभरमा १०६ रन जोड्दा आठौं विकेट गुमाएको छ । आसिफ खान सर्वाधिक ४६ रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिएका हुन् । 

यूएईले २७.३ ओभरमा १०६ रन जोड्दा नवौं विकेट गुमायो । जहुर खान डकआउट भएका छन् । ललित राजवंशीले विकेट लिए ।

नेपालले यूएईसँग अहिलेसम्मकै खेलेको खेलमा बलिङ उत्कृष्ट गरेको छ । नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनले यूएईले आजको फाइनल स्थगित हुँदासम्म ९ विकेटको क्षतिमा १०६ रन मात्र बनाएको छ ।

वर्षाले खेल स्थगित भएपछि आजको फाइनल खेललाई भोलि रिजर्भ डेसम्मका लागि स्थगित गरिएको हो ।

भोलि बिहान आजकै स्थितिबाट खेल सुरू हुनेछ । अर्थात २७.३ ओभरबाट ९ विकेटको नोक्सानीकै अवस्थामा भोलि खेल हुनेछ । भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ ।

सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ ।  यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन भएमा एसिया कपमा छनोट हुनेछ ।

एसीसी प्रिमियर कपको फाइनल जित्ने टोली एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।

 


प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १६:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP