नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सारा नेपालीको शिर ठाडो पार्दै नेपाली क्रीकेटरले रचेको इतिहास.....
सारा नेपालीको शिर ठाडो पार्दै नेपाली क्रीकेटरले रचेको इतिहास.....
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १९, २०८० बागेश्वरी पोस्ट
सारा नेपालीको शिर ठाडो पार्दै नेपाली क्रीकेटरले रचेको इतिहास.....

नेपालगन्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमले इतिहास रच्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छ । आज बिहान एसीसी प्रिमियर कपमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छानिएको हो।

हुनत नेपाल सन् २००२ मै एसिया कपमा छानिएको थियो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । एसीसी ट्रफीको फाइनलमा पुगेका दुई टोली नेपाल र यूएई एसिया कपका लागि छनोट भएका थिए । 

तर, भारत र पाकिस्तानबीच कारगिलमा युद्ध चलिरहेको बेलामा भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाल र यूएई छनोट भएर पनि एसिया कप खेल्न बन्चित भएका थिए । 

सन् २००५ मा पाकिस्तानमा भएको एसियाली क्रिकेट परिषद् (एसीसी) को बैठकले २००२ को एसीसी ट्रफीबाट छनोट भएर आएको एक संस्करण हटाउँदै सन् २००६ मा एसिया कप आयोजना गर्ने निर्णय गरेपछि नेपाल झन्डै दुई दशक अगाडि नै भारत र पाकिस्तानसँग एक दिवसीय अन्तर्राष्ट्रय खेल्न वञ्चित भएको थियो।

यसपालि एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको हो । 

नेपालले पहिलो पटक सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा नेपाल भारत र पाकिस्तानको समूह 'ए' मा रहेर खेल्नेछ । तर, अहिले भारत पाकिस्तानमा गएर नखेल्ने हल्लासमेत चल्न थालेका छन् । यद्यपि यदि भारत गएर पाकिस्तानमा एसिया कप खेलेन भने पाकिस्तान पनि भारतमा यसै सन् २०२३ मा हुने विश्वकपका लागि भारत आउने छैन । 

यी सम्भावित विषयलाई ध्यानमा राखेर नेपालले पहिलोपटक एसिया कपमा भारत र पाकिस्तानको सामना गर्नेछ । 

तर त्यसअघि नेपालले जिम्बावेमा हुने विश्वकप एक दिवसीय क्वालिफायर्समा खेल्नेछ । 

यस्तो रह्यो खेल

नेपाललाई आज एसीसी प्रिमियर कपको उपाधि जित्यो । नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । 

नेपाललाई जिताउन प्लेयर अफ द फाइनल १७ वर्षे खेलाडी गुल्शनकुमार झाले अविजित रहँदै ६७ रन बनाएका थिए । उनले १ विकेट समेत लिएका थिए । ११८ रनको झिनो चुनौती पछ्याउने क्रममा गुृल्शनले चौथो विकेटका लािग २१ वर्षे भीम शार्कीसँग मिलेर ९६ रनको साझेदारी गरेका थिए । 

गुल्शनले ६ छक्का र ३ चौकाको मद्दतले ८४ बलमा ६७ रन बनाएका थिए । त्यस्तै भीमले ७२ बलमा ३६ रन बनाएका थिए । 

गुल्शनले विश्वकप लिग २ को अन्तिम खेलमा पनि यूएईविरुद्ध अविजित ५० रन बनाएका थिए। यसअघि नेपालले २२ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । नेपालका लागि आसिफ शेखले ८ तथा रोहित पौडेल र कुशल भुर्तेलले १–१ रन बनाएका थिए । 

यूएईले सोमबारदेखि नै खेलिरहेको थियो । खेल वर्षाले पूरा नभएपछि आज सोमबारकै अवस्थाबाट खेलिएको थियो । यूएईले सोमबार २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनबाट अगाडि खेलेकामा दशौँ विकेटका लागि ११ रनको साझेदारी गर्दै सबै विकेट गुमाएर ३३.१ ओभरमा ११७ रन बनाएको थियो ।

यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । नेपालका लागि ललित राजवंशीले ४ तथा सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए । सन्दीप प्लेयर अफ द टुर्नामेन्ट बन्न सफल भएका छन् ।

आज यो फाइनल खेल हेर्न कीर्तिपुर मैदानमा २० हजार बढी दर्शक पुगेका थिए । सोमबार टिकटको व्यवस्था भएको भए पनि फाइनल सोमबार पूरा हुन नसकेपछि मंगलबार निःशुल्क प्रवेश दिइएको थियो ।  तिनै २० औं हजार दर्शकहरु र सारा नेपालीको शिर ठाडो पार्दै नेपाली खेलाडीहरुले नेपाललाई एसिया कपमा पुर्याउन सफल भए ।

 

 


प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP