नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित
वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित
बागेश्वरी पोस्ट
बिहीबार, असार ७, २०८० बागेश्वरी पोस्ट
वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित

नेपालगन्ज । भारतमा हुने आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल वेष्ट इन्डिजसँग पराजित भएको छ । 

३४० रनको असम्भव प्रायः चुनौतीको सामना गरेको नेपाल १०१ रनले पराजित भएको हो । नेपाल २ बल खेल्न छँदै अलआउट हुँदै २३८ रन बनायो । 

आरिफ शेखले डटेर सामना गर्दै अर्धशतक बनाए । शेखले ९३ बलमा एक छक्का र चार चौकाको मद्धतले ६३ रन बनाएका हुन् । यो यो छैटौँ एक दिवसीय अर्धशतक हो । 

त्यस्तै आरिफसँग मिलेर सातौँ विकेटका लागि ६८ रनको साझेदारी गर्ने क्रममा अलराउन्डर गुल्सन झाले ५८ बलमा एक छक्का र पाँच चौकाको मद्धतले ४२ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले ३० रन बनाए । त्यस्तै आसिफ शेखले २८ तथा करण केसीले पनि २८ रन बनाए । 

वेष्ट इन्डिजका लागि जासन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकेल होसेनले समान २–२ विकेट लिए । 

वेष्ट इन्डिजको इनिङ्स

खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै सनसनीपूर्ण शुरुआत गरेको थियो । नेपालको सम्झनयोग्य बलिङका कारण वेष्ट इन्डिजले २ रन जोड्दा पहिलो, ९ रन जोड्दा दोस्रो र ५५ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो । 

शुरुआती तीन ब्याट्सम्यान पभेलियन फर्केपछि आएका साइ होप र निकोलस पुरनले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेपछि नेपाल कमजोर सावित भयो । होपले १३२ तथा पुरनले ११५ रन बनाए ।

वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा २३९ रन बनायो । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए । त्यस्तै करण केसी, गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए । 

विश्वकपको दुई पटकको विजेता सन् १९७५ को पहिलो संस्करण र सन् १९७९ को दोस्रो संस्करण० वेष्ट इन्डिजसँग नेपालले पहिलो पटक एक दिवसीय क्रिकेट खेलेको हो । नेपालले कुनै पनि विश्वकप विजेतासँग खेलेको यो पहिलो पटकसमेत हो । 

छनोट प्रतियोगितामा नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्यहोरेको थियो । पहिलो खेलमा नेपाल जिम्बाब्वेलाई राम्रो लक्ष्य दिए पनि बलिङ फितलो हुँदा ८ विकेटको हार बेहोरेको थियो । 

दोस्रो खेलमा भने नेपालले अमेरिकामाथि ६ विकेटको जित हासिल गरेको थियो । 

समूह चरणको अवस्था

समूह एमा रहेको नेपालको टिममा आयोजक जिम्बाब्वे, वेष्ट इन्डिज र अमेरिकासँगै नेदरल्याण्ड्स रहेका छन् । 

२ खेलबाट ४ अंकसहित वेष्ट इन्डिज शीर्ष स्थानमा पुगेको छ । २ खेलबाट ४ अंकसहित जिम्बाब्वे दोस्रो स्थानमा झरेको छ । २ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स तेस्रो स्थानमा पुगेको छ । ३ खेलबाट २ अंकको नेपाल चौथो स्थानमा झरेको छ । 

नेदरल्याण्ड्सले आजको खेलमा अमेरिकामाथि ५ विकेटको जित हासिल गर्यो । यो खेल जितपछि नेदरल्याण्ड्स तेस्रोमा पुग्दा हारपछि अमेरिका सुपर सिक्स पुग्ने सम्भावनाबाट बाहिरिएको छ । ३ खेलबाट अमेरिका अंकविहीन छ । 

यो समूहबाट जिम्बाब्वे र वेष्ट इन्डिजले सुपर सिक्समा लगभग स्थान बनाउँदा नेपाल र नेदरल्याण्ड्समध्ये एक टिम सुपर सिक्समा पुग्दा दुई टिम बाहिरिने छन् । अब नेपाल र नेदरल्याण्ड्समध्ये एक टिम बाहिरिने छ। 

अर्को समूह

समूह बी मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ । १ खेलबाट २–२ अंकका श्रीलंका र स्कटल्याण्ड दोस्रो र तेस्रो स्थानमा छन् । 

२ खेलबाट अंकविहीन आयरल्याण्ड र यूएई पुछारमा रहेका छन् ।  

यस्तो छ विश्वकप छनोटको प्रतियोगिता

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, जिम्बाब्वे, अमेरिका वेष्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्याण्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई प्रमुख दाबेदार मानिएको छ । जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आईसीसी विश्वकप लिग टु मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र यूएई लिग टुबाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन्।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बाब्वे आईसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।


प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २१:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
कोहलपुर नगर स्तरीय फुटबलमा वडा नम्बर १४ च्याम्पियन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP