prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीद्वारा अनुसन्धान सहायक सुचक हत्यामा संलग्न अभियुक्तहरु सार्बजनिक(यसरी भयो हत्या )
बाँके प्रहरीद्वारा अनुसन्धान सहायक सुचक हत्यामा संलग्न अभियुक्तहरु सार्बजनिक(यसरी भयो हत्या )
RSG-2
सौरभ गिरी
बुधबार, माघ २१, २०७७ सौरभ गिरी
बाँके प्रहरीद्वारा अनुसन्धान सहायक सुचक हत्यामा संलग्न अभियुक्तहरु सार्बजनिक(यसरी भयो हत्या )

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान सहायक सुचक प्रविण थापा मगर हत्यामा संलग्न अभियुक्तहरुलाई आज सार्बजनिक गरेको छ ।

paribartan 1

हत्या घटनामा ७ जनालाई पक्राउ गरेको आज आयोजित पत्रकार सम्मेलनमा बाँके प्रहरीले जानकारी दिएको छ । गत माघ २ गते नेपालगन्ज काँरकादोको पूर्व तर्फको खेतमा प्रविणको शव फेला परेपछि बाँके प्रहरीले बिशेष अनुसन्धान सुरु गरेको थियो । बाँके प्रहरीले सहायक सुचक थापा मगरको हत्या पश्चात् विभिन्न ब्यक्तिहरुलाई बोलाएर समेत अनुसन्धान गरेको थियो ।

सोही क्रममा हत्यामा संंलग्न ब्यक्तिलाई महानगरीय अपराध महाशाखा काठमाडौंको सहयोगमा पक्राउ गरि ल्याइएका नेपालगन्ज ६ का १७ बर्षीय बिभेक परियारको बयानको आधारमा हत्यामा संंलग्न अन्य ६ जना रहेको खुलेको थियो । बाँके प्रहरीले ४ जनालाई नेपालगन्ज र २ जनालाई कैलालीबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा निश्चल गुरुङ, तेज बहादुर वि.एम., विवेक परियार, सुमित वि.क.,सुशान्त भण्डारी र सुवास थापा र दिनेश कुमार कुर्मि (बर्मा) रहेको प्रहरीले जानकारी दिएको छ । बाँके प्रहरीले घटनामा संंलग्न अभियुक्तहरुलाई मुलुकी अपराध संहित ऐन ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैदको मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी बाँकेले सार्बजनिक गरेको घटना बिबरण :-
मिति २०७७।१०।०२ गते अं.०९:३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप.म.न.पा.वडा नं.१८ सुर्जिगाँउ स्थित राम सेवक खटिकको एकान्त तोरीवारीमा अपरिचित अं.२७/२८ वर्षको पुरुष ब्यक्तिको मृत शव रहेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल यस कार्यालयबाट प्र.उ.समेतको टोली घटनास्थल खटि गई घटनास्थलको सुरक्षा र घटनास्थल लाई कर्डन गरि मृत शवको लाशजाँच मुचुल्का समेतको प्रारम्भिक कार्य पुरा गरेकोमा मृतक जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत वर्ष २७ को प्रविण थापा मगर भन्ने खुल्न आएको, निजको टाउकाको पछाडी भाग, निधारको वाँया भाग, माथिल्लो ओठ, दुवै खुट्टाको घुडा, नली, हात, शरिरको विभिन्न भागमा चिरपट दाउरा (पट्टा) प्रहार गरी विभत्स हत्या भएको घटनालाई यस जिल्ला प्रहरी कार्यालय बाँकेले तालिम प्राप्त कुकुर Sniffing को प्रयोग, केन्द्रिय अनुसन्धान ब्यूरोको सहयोगमा सुष्म र प्रभावकारी अनुसन्धान गरी घटनामा संलग्न निम्न ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको ।

पक्राउ परेको व्यक्तिहरूको विवरण :-
(१) नामथर: दिनेश कुमार कुर्मि (बर्मा)
उपनाम : कर्कि
उमेर: २४ बर्ष
ठेगाना :-जि.बाँके ने.ग.उ.म.न.पा. वडा नं. १८ लग्दहवा
पेशा :- मजदुरी पक्राउ
मिति/स्थान :- मिति २०७७/१०/०२ गते १८:०० बजे नेपालगंज -१८

(२) नामथर: निश्चल गुरूङ
उमेर: १९ बर्ष ठेगाना :-जि. सुर्खेत गुर्भाकोट न.पा. १४ गुमि हाल जि.बाँके ने.ग.उ.म.न.पा. वडा नं. १८ लग्दहवा ।
पेशा :- मजदुरी
पक्राउ मिति/स्थान :- मिति२०७७/१०/१७ गते १४:३० बजे जि.कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क बाट

(३) नामथर :- तेज मगर भन्ने तेज बहादुर बि.एम.
ठेगाना :- जिल्ला जाजरकोट जुनिचाँदे गा.पा.७ दह हाल ने.गं. ४ बसपार्क डेरा लिई बस्ने
उमेर :- २१ बर्ष
पेशा :- ज्याला मजदुरी
पक्राउ मिति/स्थान:- मिति२०७७/१०/१७ गते १४:३० बजे जि.कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क बाट

(४) नाम थर: परिवर्तित नाम A
उमेर: १७ बर्ष
ठेगाना: जि.बाँके नेपालगंज उ.म.न.पा वडा नं. ६, फुलटेक्रा बस्ने
पेशा: विधार्थी
पक्राउ मिति/ स्थान:- २०७७/१०/१५ गते १० बजे भक्तपुर, चागुनारायण वडा नं. ९, ताथली

(५) नाम थर: परिवर्तित नाम C
उमेर: १६ बर्ष
ठेगाना: जि.बाँके ने गं ५ बसपार्क
पेशा: विधार्थी
पक्राउ मिति/ स्थान:- २०७७/१०/१५ गते १६:३०बजे, नेपालगंज-४ बाईपास

(६) नाम थर: परिवर्तित नाम B
उमेर: १७ बर्ष
ठेगाना: जि.बाँके राप्ती सोनारी गा.पा. वडा नं.१ कुसुम हाल नेपालगंज वडा नं. ४ गणेशपुर
पेशा: विधार्थी
पक्राउ मिति/ स्थान:- २०७७/१०/१५ गते १६:३०बजे नेपालगंज-४ बाईपास

(७) नामथर :- परिवर्तित नाम D
उपनाम :- भुन्टु
उमेर :- १६ बर्ष ठेगाना:- जि.सुर्खेत बिरेन्द्रनगर न.पा. १० हाल बाके ने.गं. २ घरबारीटोल
पेशा :- ज्याला मजदुरी
पक्राउ मिति :- मिति २०७७/१०/१३ गते १४:३० बजे जि.बाँके ने.ग. २ घरबारी टोल

अनुसन्धानबाट खुलेका कुराहरु : नेपालगंज उप-महानगरपालिका वडा नं.१८ कालिकामाई मन्दिर बगैचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार गर्ने स्थानको रुपमा रहेको हुदा मृतक सो क्षेत्रमा सुचना संकलनको लागी साथी कर्कि भन्ने दिनेश कुमार कुर्मि संग गएको ।

मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मि साथी रहेको । अभियुक्तहरु सवै जना गाँजा खाने साथीहरु रहेको । 
मिति २०७७/१०/०१ गते दिउसो बजार घुम्दै साँझ अं.६:०० बजे तिर अभियुक्त ६ जना गाँजा खान भनि ने.ग.१८ लग्दहवा स्थित आँप बगियामा गएको । 
मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मि समेत सोही बगियामा मोटरसाईकल रोकी अं.१०० मिटर टाढा नजिकैको बगियामा रहेको ।
घटनास्थलमा कर्कि भन्ने दिनेश कुमार कुर्मिले प्रयोग गर्ने १ जोर (फिस) चप्पल बरामद गरि अनुसन्धान सुरु भएको । 
कार्यालयले (Dog Sniffing) को क्रममा घटनास्थल देखी अं.२०० मिटर उत्तर तर्फ आँप बगियमा मृतकले प्रयोगको भे ३ प ६१५ नं. सुपरस्प्लेण्डर मोटरसाईकल फेला परेको । 

बगैचामा जम्मा भई गाँजा सेवन गरि सके पछी घर तिर जाने क्रममा अभियुक्तहरु ६ जना मध्ये विवेक परियारले मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मिको मो.सा.मा रहेको हेलमेट राम्रो लागी फोटो खिची उठाई लिई गएको । 

सो कुरा मृतकले देखे पछी मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मी निजहरुको पिछा गर्दै हेलमेट फिर्ता देउ भाई भन्दै घटनास्थल सम्म पुगेको । 

मिति २०७७/१०/०५ गते कर्कि भन्ने दिनेश कुमार कुर्मिको भे ८ प २००७ नं. होण्डासाईन मोटरसाईकल बरामद भएको । 

मृतक घटनास्थल पुग्नु अगावै कर्कि भन्ने दिनेश कुमार कुर्मि वाहेक अन्य ६ जना अभियक्तुहरुले सो नजिक रहेको तारवारमा रहेको दउराको चिरपट हातहातमा समाती मृतक लाई प्रहार गर्ने योजनामा रहेका । 

मृतक घटनास्थल पुग्ने वितिकै मृतक र अभियुक्त विच हेलमेट माग्ने क्रममा विवाद भई अभियुक्तहरु ( निश्चल गुरुङ, तेज बहादुर वि.एम., विवेक परियार, सुमित वि.क., सुशान्त भण्डारी र सुवास थापा) ले मृतक लाई आफुहरुले हातमा लिएको चिरपट दाउराले मृतकको टाउको, निधारको भाग, खुट्टाको घुडा, नली, शरिरको भागमा सवै जनाले दाउराको चिरपटले पटक-पटक प्रहार गरि मृतक भुईमा ढलेपछि मृतकको शरिर चेकजाँच गरी साथमा रहेको Samsung मोबाईल भुन्टु भन्ने सुवास थापाले लिएको, सादा Keypad मोवाईल बांगे भन्ने सुमित वि.क.ले लिएको ।

मृतकका साथी कर्कि भन्ने दिनेश कुमार कुर्मिले तत्काल मृतक लाई वचाउने तर्फ कुनै प्रतिकार नगरेको, घटना पश्चात भागेको र सो बारेमा मृतकका घर परिवार तथा प्रहरी प्रशासनमा समेत जानकारी नगराएको ।

मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मीको हेलमेट विवेक परियारले आफ्नो घर लिई गएको । पक्राउ पर्छु भनि भोलि पल्ट विहानै हेलमेट आगोमा जलाई नष्ट बनाएको ।

अनुसन्धान खोजतलास गर्दै जाँदा अभियुक्तहरु मध्येको सुवास थापा लाई मिति २०७७।१०।१३ गते ने.गं. २ घरवारी टोलबाट मृतकको मोबाईल साथ नियन्त्रणमा लिईएको ।

घटना पश्चात फरार रहेका बिबेक परियारलाई मिति २०७७।१०।१५ गते भक्तपुर चागुनारायण तथाली बाट नियन्त्रणमा लिईएको ।

सुमित बि.क. र सुशान्त भन्डारीलाई सोही दिन मिति २०७७।१०।१५ गते नेपालगंज बसपार्क नजिक समावेसी स्कुल नजिक बाट नियन्त्रणमा लिईएको । 

मिति २०७७/१०/१६ गते मृतकको सादा Keypad मोवाईल बांगे भन्ने सुमित वि.क.को घर बाट बरामद भएको ।

तेज मगर र निश्चल गुरूङ दाङ, सुर्खेत हुदै धनगढी बसपार्क होटलमा लुकिछिपी बसेको स्थानमा मिति २०७७।१०।१७ गते कैलालीबाट पक्राउ गरिएको ।

सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

बरामद सामान : मृतकको मोवाईल थान दुई (२) 

घटनामा प्रयोग भएको चिरपट (पट्टा) थान चार (४) 

हेलमेट जलाएको अवस्थामा रहेको सानो टुक्रा

कानुनी ब्यबस्था:- मुलुकी अपराध संहित ऐन २०७४ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैद ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन
सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन
ब्राउन सुगरसहित सैनिक जवान पक्राउ
ब्राउन सुगरसहित सैनिक जवान पक्राउ
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP