नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • १२५ महिला बेचिनबाट जोगिए
१२५ महिला बेचिनबाट जोगिए
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १५, २०७८ बागेश्वरी पोस्ट
१२५ महिला बेचिनबाट जोगिए

कञ्चनपुर । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो ।

गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताए। उनका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पु¥याउने गरेका छन् ।

“रोजागरी, विवाह र घुमघाम गर्ने प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा महिलालाई सीमानाकामा रोकथाम गरेका छौँ”, उनले भने, “सीमा क्षेत्रमा प्रलोभनमा पारेर ल्याइएका ६५ महिलालाई सम्झाइबुझाइ गरेपछि जोखिममा परेको महसुस गरी घर फिर्ता भएका छन् ।” उनले भने, “सीमानाकामा रोकेर जोगिएका छन् । नत्र सीमापारि पुगेपछि बेचिनेबाहेक अन्य विकल्प नै हुँदैन ।”

सीमाबाट घर फर्काइएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन् । संस्थाका अनुसार दलित समुदायका ५३ महिला छन् । यसैगरी अन्य ६० र जनजाति समुदायका १२ जना छन् ।

दलित र जनजाति समुदायमा गरिबी र अशिक्षाका कारण ती समुदायका महिला भारतमा बेच्न लैजाने गरेको संयोजक भट्टले बताए । सीमा क्षेत्रबाट रोकथाम गरी घर फिर्ता गराइएकामध्ये ९० महिला सुदूरपश्चिम प्रदेशकै रहेका छन् । जसमध्ये कञ्चनपुरका ४१, बझाङका १० र कैलालीका १८ जना छन् ।

माइती नेपालले दुई महिनामा ११ हजार ५८४ जनालाई सीमानाकामा बेचबिखनसम्बन्धी परामर्श दिएको छ । सीमानाकामा ४१४ सवारी साधन जाँच गरी शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरेको छ ।

संस्थाले ६५ जनालाई सीमानाकामा पराशर्म गरी सिधैँ घर फर्काएको छ । एक सय ३१ जनालाई पारिवारिक पुनःमिलन गरिएको छ । संस्थामा दर्ता गरिएका खोजतलासका ५५ निवेदनमध्ये ११ जना भेटिएका छन् । अन्यको अवस्था अज्ञात छ ।

महिलामाथि हुने घरेलु हिंसाका निवेदनसमेत संस्थामा आउने गरेका छन् । हालसम्म घरेलु हिंसाका ३४ निवेदन संस्थामा आएका छन् । त्यसमध्ये २८ निवेदन छलफल गरी हल गरिएका छन् । अधिकांश घरेलु हिंसाका घटना सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण हुने गरेको देखिएको संयोजक भट्टको भनाइ छ ।

संस्थाको सहयोगमा अदालतमा १० वटा जबर्जस्ती करणीका मुद्दा दर्ता गरिएका छन् । यसैगरी भारतमा महिलालाई बेच्न लैजाने दलालविरुद्ध दुई मुद्दा दर्ता गरिएका छन् । माइती नेपालले यस अवधिमा भारतमा बेचिएका दुई जनाको उद्धार गरेको छ ।  


प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
बाँके प्रहरीको 'असार' प्रगति : २१६ मुद्दा दर्ता, १५७ पक्राउ, ४ करोड ७१ लाख असुल
बाँके प्रहरीको 'असार' प्रगति : २१६ मुद्दा दर्ता, १५७ पक्राउ, ४ करोड ७१ लाख असुल
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP