नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडानसँगै दाङका जनता हर्षित
टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडानसँगै दाङका जनता हर्षित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १४, २०७९ बागेश्वरी पोस्ट
टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडानसँगै दाङका जनता हर्षित

नेपालगन्ज । दाङको टरिगाउँ विमानस्थलमा सीता परीक्षण उडान गरेसँगै दाङका जनताहरु हर्षित भएका छन् । शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच जहाजले तुलसीपुर –१२ टरिगाउँस्थित विमानस्थलमा   अवतरण गरेको हो ।

सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताए । “दुवै तर्फबाट अवतरण सहजै छ”, उनले भने, “यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ ।” केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उनको भनाइ थियो ।

“यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ ।” सीता एयरका कर्मचारी राजेन्द्रबहादुर सिंहले अहिले जहाज अवतरणका लागि सहज–असहजका विषयमा परीक्षण गरिएको भन्दै यसको विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने बताए । अहिले जहाज नियमित नहुँदा यात्रुले पटक–पटक असुविधा पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । “समयमा जहाज नआउने, नियमित नआउने समस्या छ”, उनले भने, “यसले गर्दा हामीहरु पनि नेपालगञ्ज, भैरहवा जानुपर्ने अवस्था छ, यसको अन्त्य भई हामीले सहज सेवा पाउनुपर्छ भन्ने हो ।” 

हाल नेपाल वायुसेवा निगमको १९ सिटे जहाजले हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने गरेको छ । हाल टरिगाउँमै इन्धन डिपो स्थापना भई सञ्चालनमा आइसकेको छ तर भाडा घट्न सकेको छैन । हाल दाङदेखि काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय दश र काठमाडौँदेखि दाङको भाडा न्यूनतम रु. नौ हजार १० रहेको छ । 

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तारका लागि पहल भइरहेको छ । उक्त विमानस्थलमा केही समय अघि समिट एयरले पनि उडान भर्ने गरेको थियो । रासस

 

 


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP