नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • आदर्शले मनायो बार्षिकोत्सब र अभिभावक दिवस (फोटोफिचरसहित)
आदर्शले मनायो बार्षिकोत्सब र अभिभावक दिवस (फोटोफिचरसहित)
बागेश्वरी पोस्ट
शनिबार, फागुन १३, २०७९ बागेश्वरी पोस्ट
आदर्शले मनायो बार्षिकोत्सब र अभिभावक दिवस (फोटोफिचरसहित)

नेपालगञ्ज । आदर्श मावि नेपालगञ्जले आज आफ्नो २०औं बार्षिकोत्सब र अभिभावक दिवस मनाएको छ । विद्यालय प्रांगणमा आज एक कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । 

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाका निजी विद्यालयहरुलाई उत्कृष्ट बनाउन निरन्तर अनुगमन गरिरहेको बताए । उनले आदर्श मावि छोटो समयमै उत्कृष्ट विद्यालयको रुपमा दर्ज भएको बताउँदै छोटो समयमै अभिभावकहरुको मन जितेको भन्दै प्रशंसा समेत गरे । उनले मानव सभ्यताको विकास क्रममा शिक्षाको नै अहम् भूमिका हुने भन्दै विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गरे । उनले विद्यालयमा आफ्ना बालबच्चालाई भर्ना गरेर मात्र अभिभावकको दायित्व पूरा नहुने भन्दै आफ्ना बालबच्चा र विद्यालयका शिक्षण क्रियाकलापप्रति चासो राख्न आग्रह गरे । 

No description available.

विद्यालयका संस्थापक एवम् एकेडेमिक एडभाइजर प्रकाश लामिछानेले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई सधैं उत्कृष्ट स्थानमा राख्न दत्तचित्त भएर लागेको बताए । उनले किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापसंगै जीवनोपयोगी शिक्षा र सीपमा पनि विद्यार्थीहरुलाई अग्रसर गराइरहेको बताए । कार्यक्रमको समापन गर्दैे अध्यक्ष थापाले आदर्श अभिभावकहरुको पहिलो रोजाई बनेको बताए । विद्यार्थी र अभिभावकहरुको चाहना अनुसार विद्यालय अघि बढिरहेको उल्लेख गर्दै उनले गुणस्तरीय र व्यहारिक शिक्षा प्रदान गर्ने कुरामा कुनै कम्प्रमाइज नहुने स्पष्ट पारे । 

स्वागत मन्तब्य व्यक्त गर्दै प्राचार्य विरभान केसीले विद्यालयलाई अभिभावकहरुका सुझाब र गुनासाहरुको हमेशा खाँचो पर्ने भन्दै स्वस्थ आलोचनाले विद्यालयलाई अझ अघि बढ्न प्रेरणा मिल्ने वताए । आफ्ना सुझाब र गुनासा विद्यालय प्रशासनसमक्ष स्पष्ट ढंगले राख्न उनको आग्रह छ । विद्यालयका सह-प्राचार्य टंक गौतमले सञ्चालन गरेको कार्यक्रममा २०७२ सालको भूकम्पमा परी ज्यान गुमाएकी मेधाबी छात्रा अनुराधा अधिकारीको स्मृतिमा स्थापित अनुराधा स्मृति पुरस्कार 'उत्कृष्ट एसइई छात्रा' अमिसा सिंहलाई प्रदान गरिएको छ । स्वर्गीय अधिकारीका बुवा ध्रुब अधिकारीले अमिसाका बुवा अजितकुमार सिंहलाई पुरस्कार प्रदान गरेका थिए । 

यस्तै प्रमुख अतिथि नगर प्रमुख विष्टले विभिन्न विधा एवम् क्रियाकलापहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार एवम् सम्मान प्रदान गरेका थिए । कार्यक्रममा अभिभावक अजितकुमार सिंह, छात्र प्रतिक भण्डारी र छात्रा तनिशा थापाले पनि मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सामूहिक नृत्य, सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । त्यस अवसरमा विद्यालय प्रांगणमा विभिन्न फुड स्टलहरु पनि राखिएको  थियो । आजै रक्तदान कार्यक्रम पनि राखिएको सह-प्राचार्य गौतमले बताए । 

फोटोफिचर

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

 


प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP