prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • विश्वविद्यालयको अवस्था र राजनैतिक ब्यबस्था परिवर्तन गर्न मदनको उम्मेदवारी
विश्वविद्यालयको अवस्था र राजनैतिक ब्यबस्था परिवर्तन गर्न मदनको उम्मेदवारी
banijya office
बागेश्वरी पोस्ट
शनिबार, चैत ४, २०७९ बागेश्वरी पोस्ट
विश्वविद्यालयको अवस्था र राजनैतिक ब्यबस्था परिवर्तन गर्न मदनको उम्मेदवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा   चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अखिल 'क्रान्तिकारी' विप्लव समूहको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा मदन केसीले  उम्मेदवारी दर्ता गरेका छन् ।  अखिल 'क्रान्तिकारी' विप्लव आफ्नो प्यानल दर्ता गराएको हो । 

त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा  स्ववियु सभापतिमा केसीको उम्मेदवारी परेको हो । केसीले निर्वाचन जिते इतिहास नै रच्नेछन् । विश्वविद्यालय शैक्षिक विकाससँगै भौतिक विकास, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको अपेक्षित शैक्षिक उपलब्धि हासिल गराउन तथा उच्च शिक्षा अध्ययन हासिल गर्न आएका विद्यार्थीहरुले भोग्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि उम्मेदवारी दर्ता गराएको केसीले बताएका छन् । 

nepalgunj 081-082

दलीय भागबन्डा र हस्तक्षेप मुक्त त्रिभुवन विश्वविद्यालय बनाउनका साथै विश्वविद्यालयको शैक्षिक र भौतिक गुणस्तरलाई अन्तराष्ट्रिय स्तरको बनाउन र विश्वविद्यालय वैज्ञानिक पुर्नसंरचनाको निम्ति विशेष पहल गर्ने उम्मेदवार केसीका प्रमुख एजेन्डा रहेका छन् ।

विद्यार्थीहरुको हक र अधिकारका लागि केसी नेतृत्वको टिमलाई बिजयी गराउन सभापतिका उम्मेदवार केसीले सबैलाई अनुरोध गरेका छन् ।

केसीसहित प्यानलको स्ववियु सचिवमा रमेश खत्री, कोषाध्यक्षमा हेमराज अधिकारी, समानुपातिक सदस्यमा सतल टमटासहित अन्य सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । 

 

यस्तो छ अखिल (क्रान्तिकारी) विप्लव समूहको स्ववियु निर्वाचनको प्रतिवद्धता पत्र

दलीय भागबन्डा र हस्तक्षेप मुक्त त्रिभुवन विश्वविद्यालय बनाउने ।

राज्यको आर्थिक स्वामित्व र दायित्व रहने तर प्रशासनिक र प्राज्ञिक स्वायत्तता प्राप्त विश्वविद्यालय बनाउन

त्रिविको शैक्षिक र भौतिक गुणस्तरलाई अन्तर्राष्ट्रिय  स्तरको बनाउन र त्रिविको वैज्ञानिक पुर्नसंरचनाको निम्ति विशेष पहल गर्न

संसदीय व्यवस्थाको अन्त गरी वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाका लागि बहस गर्न, दलाल पुँजीवादी परनिर्भर अर्थ व्यवस्थाको अन्त्य गरी आत्मनिर्भर स्वाधिन समाजवादी अर्थतन्त्रको निमार्ण गर्न खोज र अनुसन्धान गर्न

नेपालको राष्ट्रिय स्वाधिनता, अखण्डता र जनतामा अधिन सार्वभौमसत्ताको रक्षा गर्न ।

देशको प्राकृतिक साधनस्रोत र मानव संसाधन जोड्ने पाठ्यक्रम निमार्ण गर्न पहल गर्न

प्राध्यापकहरूको क्षमता वृद्धि गर्न र नयाँ आवश्यक संख्यामा दक्ष शैक्षिक जनशक्तिलाई खडा गर्न

विश्वविद्यालयमा प्राध्यापन, खोज र अनुसन्धानमा लगाउन पहल गर्न विश्वविद्यालयको प्रशासन कामकाज चुस्त बनाउन विश्वविद्यालयको सम्पत्तिलाई सदुपयोग गर्ने र आधारभुत भौतिक सुविधा व्यवस्थापन गर्न

लाइब्रेरी, शौचालय र खेलमैदान आदि निमार्ण र स्तरउन्नति गर्न पहल गर्न र विश्वविद्यालयमा घटिरहेको विद्यार्थी संख्या बढाउन विश्वविद्यालयको गुणस्तर अन्तर्राष्ट्रिय  स्तरको बनाउन पहल गर्न

विश्वविद्यालयमा उत्पादित जनशक्ति र ज्ञानलाई देशमै श्रम, रोजगारी, उत्पादन र संवृद्धिसँग जोड्न विशेष पहल गर्न

परीक्षा प्रणालीलाई समयानुकूल वैज्ञानिक र चुस्त बनाउन  प्रदेश स्तरमा सर्टिफिकेट सेन्टर निर्माण गर्न पहल गर्न

शिक्षा क्षेत्रमा राज्यको कुल बजेटको २० प्रतिशत लगानी गर्न पहल गर्न र विश्वविद्यालयको क्यालेन्डरलाई समयानुकूल र व्यवस्थित बनाई कडाईपूवर्क लागू गर्न

देशलाई आवश्यक पर्ने वैज्ञानिक उत्पादनका लागि वैज्ञानिक खोज र अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्न

स्ववियु निर्वाचन प्रत्येक २ वर्षमा अनिवार्य गर्न पहल गर्न र स्ववियुलाई विद्यार्थीको सेवा, नेतृत्व विकास र शिक्षाको गुणस्तर सुधारमा लगाउन

स्ववियुमा हुने आर्थिक अराजकता, भष्ट्राचार लगायतका विषयहरूलाई नियन्त्रण गर्न

स्ववियुका सम्पूर्ण प्रतिनिधिहरूलाई उचित जिम्मेवारी दिन

स्ववियु प्रतिनिधिहरूलाई गम्भिर गल्ती गरे स्ववियुवाट फिर्ता गरिने

पर्यावरण संरक्षण, लागूऔषध दुर्व्यसनीबारे विशेष अभियान संचालन गर्न

अध्ययनपछि अनिवार्य रोजगारीको व्यवस्था गर्ने प्रणालीको विकास गर्न पहल गर्न

विद्यार्थीको आइडिया बैंकको निर्माण गर्ने र उत्कृष्ट योजनामा स्ववियुबाट आवश्यक लगानी जुटाउन पहल गर्न

समाजवादी उधमी बन्न युवा विद्यार्थीलाई प्ररित गर्ने एक क्याम्पस एक उत्पादन नीतिशास्त्र लागू गर्न

विद्यार्थीको शैक्षिक प्रमाणपत्र र योजनाका आधारमा लगानी जुटाउन पहल गर्न

छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराइने

विश्वविद्यालयका सम्पूर्ण काममा डिजिटल प्रविधिको प्रयोग गर्न पहल गर्ने

विश्वविद्यालयमा अन्तर्राष्ट्रिय  स्तरको आधुनिक पुस्तकालय निर्माण गर्न पहल गर्ने । विद्यार्थीहरूलाई स्वास्थ्य उपचारमा १०० प्रतिशत बिमाको व्यवस्था गर्न पहल गर्ने । 

खाना पकाउने ग्याँस, पानी, विजुली र कोठा भाडामा विद्यार्थीलाई विशेष सहुलियतका लागी पहल गर्ने ।

क्यान्टिनहरूलाई व्यवस्थित र स्वच्छ बनाउने साथै नेपाली उत्पादनलाई उपभोग गर्ने ।

छात्रावासहरूको संख्या र गुणस्तर विकास गर्न विशेष पहल गरी त्रिवि क्याम्पसलाई सौन्दर्यकरण गर्ने ।

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०८:११
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP