prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचित्र संसार
  • गृहपृष्ठ
  • बिचित्र संसार
  • श्रीमतिको फेसबुकमा फलोअर्स बढेपछि निर्मम हत्या
श्रीमतिको फेसबुकमा फलोअर्स बढेपछि निर्मम हत्या
banijya office
एजेन्सी
बुधबार, माघ ८, २०७६ एजेन्सी
श्रीमतिको फेसबुकमा फलोअर्स बढेपछि निर्मम हत्या

एजेन्सी । भारतको जयपुरमा सामाजिक सञ्जालका कारण एक महिलाले ज्यान गुमाएकी छन् ।

nepalgunj 081-082

सामाजिक सञ्जालमा भिडियो र फोटो शेयर गर्दै आएकी रेशमा नामकी ती महिलाका फलोअर्सको संख्या समेत बढ्दै गएपछि ज्यान गुमाउनु परेको हो । फेसबुकमा ६ हजारभन्दा बढी फलोअर्स भएकी उनी प्रायः मोबाइलमा नै व्यस्त हुने गर्थिन ।

महिलाका पतिले पत्नीको उक्त बानीबाट वाक्क भएपछि हत्या गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

समाचार अनुसार उक्त घटना जयपुरको आमेर थाना नजिकै भएको हो । रगत लतपतिएको महिलाको शव बरामद भएपछि प्रहरीले छानबिन गरेको थियो ।

एडिशनल पुलिस कमिश्नर अशोक कुमार गुप्ताले दिल्ली हाईवेस्थित माताको मन्दिर नजिकै सडकको छेउमा रगतले लतपतिएको शव भेटिएको बताए । उनका अनुसार शव नजिकै महिलाले चलाउँदै आएको स्कुटी र  हेलमेट समेत फेला परेको थियो ।

प्रहरीले शवको शनाखत समेत गरेको छ । निर्ममतापूर्वक हत्या गरिएकी महिला जयसिंहपुरा खोर निवासी रेशमा मंगलानी (नैना) भएको प्रहरीले बताएको छ ।

छानबिनका क्रममा रेशमालाई उनकै श्रीमानले हत्या गरेको हुन सक्ने खुल्न आएको थियो । हाल प्रहरीले हत्याको आरोपमा महिलाका पति अयाज अहमदलाई गिरफ्तार गरेको छ ।

हत्यापछि रेशमालाई चिन्न नसकियोस् भनेर टाउकोमा ढुंगाले हानेर उनको अनुहार क्षतविक्षत बनाइएको थियो ।

अहमद र रेशमाले २ वर्षअघि गाजियाबादमा गएर आर्य समाजमा विवाह गरेका थिए । लगत्तै अहमदले भनेपछि दुबैजनाले मुस्लिम परम्परा अनुसार निकाह समेत गरेका थिए ।

विवादपछि दुबै जनाबीच विवाद र झगडा हुन थालेको प्रहरीले बताएको छ । अहमदले रेशमामाथि शंका गर्न लागेपछि दुबैजनाको सम्बन्ध थप तनावपूर्ण बनेको थियो ।

विवाद र झगडा हुन थालेपछि १ सालयता रेशमा एक्लै बस्दै आएको समेत प्रहरीको भनाइ छ । दुबैजना ३ महिनाका छोरा समेत छन् ।

प्रहरीका अनुसार अहमदले रेशमालाई मिलापत्र गर्ने भन्दै बोलाएर हत्या गरेका थिए । सुरुमा दुबैजनाले मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि अहमदले रेशमाको टाउकोमा हिर्काएर हत्या गरेका थिए ।

अहमदले हत्या गर्ने योजनाले नै पत्नीलाई बोलाएको प्रहरीको भनाइ छ ।

रेशमाले नियमित जस्तै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो र भिडियो शेयर गर्थिन् । उनका फलोअर्स समेत बढ्दै गएका थिए । पत्नीका फलोअर्स बढ्दै गएपछि अहमदले उनीमाथि शंका गर्न थालेका थिए । सोही शंकाका कारण घटना घटेको प्रहरीले बताएको छ ।


प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति
एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा
श्रीमतिको फेसबुकमा फलोअर्स बढेपछि निर्मम हत्या
श्रीमतिको फेसबुकमा फलोअर्स बढेपछि निर्मम हत्या
स्वीमिङ पुलमा नुहाउँदा १६ युवती गर्भवती
स्वीमिङ पुलमा नुहाउँदा १६ युवती गर्भवती
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP