नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • खजुराको भानु माविमा अयोग्य व्यक्तिलाई अध्यक्ष बनाइएको खुलासा
खजुराको भानु माविमा अयोग्य व्यक्तिलाई अध्यक्ष बनाइएको खुलासा
बागेश्वरी पोस्ट
आइतबार, चैत १२, २०७९ बागेश्वरी पोस्ट
खजुराको भानु माविमा अयोग्य व्यक्तिलाई अध्यक्ष बनाइएको खुलासा

रविन्द्र घिमिरे, नेपालगञ्ज । बाँकेको खजुरा गाउपालिकास्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा योग्यता नपुगेको व्यक्तिलाई अध्यक्ष बनाएको खुलासा भएको छ । खजुरा गाउँपालिका वडा नम्वर ६ उढरापुरस्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गरिबे शेष छन्, जो हाल खजुरा गाउँपालिकाको वडा नम्वर ५ का वडा अध्यक्ष पनि हुन् । माध्यमिक तहको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने शिक्षा ऐन नियमावलीमा उल्लेख गरिएको छ । तर, भानु माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष शेषले अहिले पालिकास्तरीय आधारभूत तह कक्षा ८ को खुला शिक्षा अन्तर्गत आदर्श माध्यमिक विद्यालय खजुरा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।

No description available.

भानुका अभिभावकहरुले योग्यता पुगेका ब्यक्तिहरु हुँदाहुँदै योग्यता नपुगेको व्यक्तिलाई गाउँपालिकाबाट दादागिरी शैलीमा अध्यक्ष बनाएको आरोप लगाएका छन् । उनीहरुले योग्यता नपुगेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइनु गैरकानुनी काम भएको बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अयोग्य ब्यक्तिले कुनै योगदान दिन नसक्ने उनीहरुको भनाई छ । खजुरा गाउँपालिका वडा नम्वर ६ उढरापुरका मोहम्मद शकिल खाँले गाउँपालिकाले गैरकानुनी काम गरेको बताउँदै योग्यता नपुगेका अध्यक्षबाट विद्यालयको सुधारमा कुनै अपेक्षा गर्न नसकिने बताए । उढरापुरकै अर्का अभिभावक जय शकिल अहम्मद खान र बद्दाम खान ले योग्यता नपुगेका व्यक्तिलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए । आदर्श माविका प्राधानाध्यापक राजेन्द्रप्रसाद सापकोटाले परीक्षामा नियमित र खुला शिक्षाका विद्यार्थीहरु सहभागी रहेको बताए । उनले नियमित विद्यालय गएर पढ्न नसक्ने, अलि उमेर पुगेकाहरुका लागि राज्यले खुला शिक्षाको व्यवस्था गरेको बताए । त्यसै अनुरुप शेष पनि परीक्षमा सामेल भएको सापकोटाको भनाई छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादृर मल्लले भने गरिबे शेष भन्ने व्यक्ति भानु माविको अध्यक्ष भएको जानकारी आफूलाई नभएको जिकिर गर्छन् । उनले गरिबे शेष भन्ने व्यक्तिले आफूखुशी स्वयम् अध्यक्ष हुँ भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष चलाइरहेको दाबी गर्छन । शेष विद्यालय व्यवस्थापन समितिको मनोनित सदस्य मात्र भएको मल्ल बताउँछन् । कानुनी हिसावले शेष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नभएको मल्लले दाबी गरे । शेषले जेष्ठ सदस्यताका हैसियतले बैठक बसाउने गरेको आफूले थाहा पाएको भएपनि उनी अध्यक्ष भने नभएको मल्लले वताए । तर, भानु माविको विद्यालय व्यवस्थापन समितिको पदाधिकारी विवरणमा गरिबे शेषलाई निर्वाचित अध्यक्ष भनिएको छ । उनी नै अध्यक्षको भूमिकामा छन् । २०७८ मंसिर २५ गतेदेखि उनी अध्यक्षको भूमिकामा छन् ।

No description available.


प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP