नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीको कन्या विद्यालयमा छात्राहरुको आकर्षण
जानकीको कन्या विद्यालयमा छात्राहरुको आकर्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २५, २०८० बागेश्वरी पोस्ट
जानकीको कन्या विद्यालयमा छात्राहरुको आकर्षण

रबिन्द घिमिरे/ नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले सञ्चलान गरेको कन्या विद्यालयमा छात्राको आकर्षण बढ्दै गएको छ । विपन्न बालवालिकालाई लक्षित गरी सञ्चालन गरेको विद्यालयमा पछिल्लो समय छात्राहरुको भर्ना संख्या बढ्दै गएको हो । छात्राहरुलाई घरधन्दामा मात्र सीमित गर्दे आएका जानकी गाउँपालिका क्षेत्रका समुदायले कन्या विद्यालय सञ्चालनमा आएसँगै आफैंले छात्रा भर्ना अभियानलाई तीव्रता दिएका छन् ।

No description available.

जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि पालिकामा पहिलोपटक छात्राहरुका लागि कन्या विद्यालय सञ्चालन गरेको हो । पालिकाले वडा नम्बर ३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कन्या विद्यालयका रुपमा अघि बढाएको थियो  । मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जानकी गाउँपालिकाले छात्राहरुका लागि मात्रै यो वर्षदेखि कक्षा ६ सम्म अध्यापन सुरु गरेको हो । विद्यायलय सञ्चालनको पहिलो वर्ष नै छात्राहरुको आकर्षण बढेको पाइएको छ । विद्यालयमा छात्राहरुको आकर्षण सोचे भन्दा राम्रो भएको नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक मालती कुमारी शाहीले बताइन् । विद्यालयमा छात्र भन्दा छात्राहरु मात्रै पढ्दा पनि पहिलाको भन्दा अहिले संख्या बढ्दो स्थितिमा रहेको समेत प्रधानाध्यापक शाहीको भनाई छ ।

No description available.

कन्या विद्यालय सञ्चालनपछि अभिभावकहरु पनि खुशी देखिन्छन् । पढ्नको लागि छोरीहरुलाई जति बढी सुविधा भए त्यति राम्रो हुने अभिभावकहरु बताउँछन् । छोरीहरुले पढ्ने विद्यालयमा पढाउने शिक्षक पनि महिला नै रहेका कारण अभिभावकहरु अझ बढी खुशी  देखिन्छन् ।

सुरक्षित, भयरहित र महिलामैत्री विद्यालय स्थापना गर्ने गरी कन्या विद्यालय सञ्चालनमा ल्याइएको प्रमुख प्रशासककीय अधिकृत सिंहराज डाँगीले बताए । गाउँपालिकाले एउटा आफ्नो प्रोजेक्टको रुपमा यो विद्यालय सञ्चालनमा ल्याएको बताउँदै उनले २०८४ सालसम्ममा कक्षा १० सम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिए । छोरीहरु शिक्षाबाट बञ्चित नहोउन् भनेर सबैको पहुँच र राम्रो सुरक्षित वातावरणको लागि कन्या विद्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । पालिकाले विद्यालयमा छात्राहरुका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोशाक र आउन जानका लागि निःशुल्क यातायातको पनि व्यवस्था गरेको अध्यक्ष खाँले बताए । उक्त विद्यालयमा पालिकाका ६ वटै वडाका छात्राहरुलाई समावेश गर्ने गरी पालिकाले यातायातको व्यवस्था गरेको छ । 
    
विशेषगरी मधेशी तथा मुस्लिम समुदायको लागि कन्या विद्यालय नहुँदा छोरीहरुको उमेर बढ्दै जाँदा विद्यालय नपठाउने गरिएको छ । जसका कारण जानकी गाउँपालिकाले यही शैक्षिक सत्रदेखि कन्या विद्यालय सञ्चालन गरेको थियो ।

No description available.


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न
सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न
सिद्धार्थ विद्या सदनमा 'फुड फेस्टिबल' (फोटोफिचर)
सिद्धार्थ विद्या सदनमा 'फुड फेस्टिबल' (फोटोफिचर)
किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP