नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्ज उद्योग बाणिज्य संघले बुझायो उद्योग मन्त्रीलाई ज्ञापनपत्र
नेपालगन्ज उद्योग बाणिज्य संघले बुझायो उद्योग मन्त्रीलाई ज्ञापनपत्र
बागेश्वरी पोस्ट
बिहीबार, असोज ४, २०८० बागेश्वरी पोस्ट
नेपालगन्ज उद्योग बाणिज्य संघले बुझायो उद्योग मन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले उद्योगी व्यवसायीका समस्या समाधानका लागि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएकोे छ ।

मन्त्री रिजाल बाँकेमा आएको अवसरमा आज नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर संघका नवनिर्वाचित अध्यक्ष टंकबहादुर धामीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यसमितिका वहालवाला र पूर्व पदाधिकारी तथा सदस्यका साथै ठूलो संख्यामा उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियोे ।

संघका अध्यक्ष धामीले मन्त्री रिजाललाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा जमुनाहा नाकाबाट अवैधरुपमा करोडौंको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्चाउनुपर्ने माग गरेको छ । पटक पटक विद्युत जाँदा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरु बिग्रने समस्या धेरै भएकाले उद्योगहरुमा नियमित रुपमा सहज आपूर्ति गर्न ब्यवस्था गर्न तथा उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैंक ब्याज उपलब्ध गराउन माग गरेको छ ।

त्यसैगरी शिलान्यास गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने, नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसीपी) को काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने रहेको छ । उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगन्जमा कम्पनी रजिष्टारको कार्यालय खोल्नुपर्ने, उद्योगी–व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, बाँकेमा जडिबुटीमा आधारित औषधि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडिबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतका सरकार स्तरमा संवाद गर्नुपर्ने माग रहेका छन् । संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारले उद्योगी व्यवसायीलाई संंरक्षणमुखी नीति लिन सुुझाव दिएका थिए ।  

ज्ञापनपत्र बुझिसकेपछि मन्त्री रिजालले निराश नहुन आग्रह गर्दै उद्योगी व्यवसायीलाई धेरै सेवा सुविधा दिने गरी सरकारले काम गर्न लागेको बताएका थिए । उनले नौबस्ता औैद्योगिक क्षेत्रमा न्यूनतम् चार्ज लिने गरी उद्योगीहरुलाई सहुलियत दिने र सञ्चालनका लागि पहल गर्न मन्त्रालयका सचिवलाई सरोकारवालासँग छलफल गर्न आग्रह गरे ।

सो अवसरमा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले उद्योगीका समस्या, जडिबुटी व्यवसायी रविन्द्रनाथ शुक्लाले जडिबुटी व्यवसायीले भोगिरहेका दुःख, अक्सिजन ग्यास व्यवसायी राजिव तलंगाले कोरोनाकालभर सेवा दिएका अक्सिजन उद्योग धराशायी हुने गरी भारतबाट आयात गर्नुपर्ने लिक्विड अक्सिजन ग्यासमा राज्यले प्रोत्साहन गर्नु दुःखद भएको र संघका सदस्य बुद्धिबहादुर विकेले सुनचाँदी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न मन्त्री रिजाललाई ध्यानाकर्षण गराएका थिए ।


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
१०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी
१०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
पौवा स्वाद उत्सव सुरु
पौवा स्वाद उत्सव सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP