नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • "विमानस्थलबाट दिनहुँ विदेशिनेको भिड देख्दा आँखा रसाउँछ"
"विमानस्थलबाट दिनहुँ विदेशिनेको भिड देख्दा आँखा रसाउँछ"
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ५, २०८० बागेश्वरी पोस्ट
"विमानस्थलबाट दिनहुँ विदेशिनेको भिड देख्दा आँखा रसाउँछ"

काठमाडौं । उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा गइरहेको नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताएका छन् ।

शुक्रवार केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठकमा बोल्दै शिवाकोटीले नेतृत्वप्रतिको आशा निराशामा परिवर्तन भएको बताएका हुन् ।

उनले देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीनेको भिड दिन दिनै देख्दा आँखा रसाउने गरेको बताए ।  उनले यसरी पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि 'नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौ नि भन्ने लाग्दैन ?' भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

उनले कार्यसमितिको बैठकमा भनेका छन्  , 'उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला हामी जुन मनोविज्ञानका साथ अघि बढेका छौं । आज हरेक राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा छ । नेतृत्वप्रतिको आशा निराशामा परिवर्तन भएको छ ।

आज हरेका नागरिक आफ्ना छोराछोरी कहिले  १२ कक्षा पाश गर्लान् र विदेश पढाउला भनेर सपना मात्र देखेका छैनन्, आफूलाई दाउमा पनि राखेका छन् । विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया र मध्य पूर्वका खाडी राष्ट्रहरूमा गएको भिड देख्दा हरेक दिन आँखाहरु रसाएका छन् ।

विमानस्थलको भिड दिनदिनै देख्दा पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि तपाईं नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौं नि भन्ने लाग्दैन ?'

उनले पार्टी सञ्चालन पद्धतिलाई नयाँ सिराबाट शुरु गर्नुपर्ने बताए । उनले भातृ सङ्गठनमा पदाधिकारी मनोनयन पारदर्शी हुनुपर्ने बताए ।   

 


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP