नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • फरक क्षमता भएकालाई 'दयामाया होइन, सीप र रोजगारी दिउँ' भन्ने अभियान शुरु
फरक क्षमता भएकालाई 'दयामाया होइन, सीप र रोजगारी दिउँ' भन्ने अभियान शुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २३, २०८० बागेश्वरी पोस्ट
फरक क्षमता भएकालाई 'दयामाया होइन, सीप र रोजगारी दिउँ' भन्ने अभियान शुरु

रबिन्द्र घिमिरे/जानकी (बाँके) । जानकी गाउँपालिकाले पालिकामा रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई 'दयामाया होइन, सीप र रोजगारी दिउँ' भन्ने अभियान शुरु गरेको छ । गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि रोजगारको पहल कदम शुरु गरेको  छ ।

जानकी गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरुलाई दयामाया नभई रोजगार बनाउन अभियान शुरु गरेको हो । गाउँपालिकामा ठूला उद्योगहरु धेरै रहेकोले फरक क्षमता भएका व्यक्तिहरुसँग पालिका, वडा तथा उद्योगबीचको अन्तरक्रिया कार्यक्रम गरी फरक क्षमता भएकालाई प्राथमिकतामा राखेर उनीहरुलाई दयामाया नभई, जस्तो उनीहरुको क्षमता छ, त्यसलाई नै पालिकाले सशक्तिकरणमा जोड दिएको महिला बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले बताइन् ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिलाएर सीप सिकाई उनीहरुको क्षमता वृद्धि भएमा अपाङ्गता भएकालाई क्षमताका आधारमा काम उपलब्ध गराउने सूर्य किरण पोलिमर्स ई प्रालि वडा नम्वर ६ जानकीका सञ्चालक जगदिश उप्रेतिले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सशक्तिकरणमा सघाउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई ल्याउनका लागि सबैको पहल र प्रयास हुनुपर्ने अपाङ्गता अधिकारकर्मी पूर्ण दृष्टिविहिन भावुकजंग थापाले बताए । गाउँपालिका अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन तथा उनीहरुलाई रोजगारीका लागि पहल गर्न प्रतिबद्ध रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।
  
गाउँपालिकाले उद्योगसंग समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिई रोजगार बनाउन पहल गरेको छ ।सामाजिक विकास समितिका संयोजक राम आचल धोवीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजन, कार्यपालिका सदस्य राजेन्द्र सिंह, उद्योगीहरु लगायतले आ-आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP