नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • इलाम-२ मा २० जनाले दिए उम्मेदवारी, महिला शून्य
इलाम-२ मा २० जनाले दिए उम्मेदवारी, महिला शून्य
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २४, २०८० बागेश्वरी पोस्ट
इलाम-२ मा २० जनाले दिए उम्मेदवारी, महिला शून्य

इलाम ।  आगामी वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका लागि २० जना पुरुषले मात्र उम्मेदवारी दर्ता गराएका छन् । उक्त क्षेत्रका लागि विभिन्न राजनीतिक दलका १२ र ८ जना स्वतन्त्रले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आज उम्मेदवारी दिएका छन् ।

राजनीतिक दलबाट इलाम-२ का लागि नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका हुन् । 

इलाम-२ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएइको छैन । माओवादीले नेम्वाङलाई सघाउने भएको छ ।

त्यस्तै पहिचान पक्षधरबाट डकेन्द्र सिंह लिम्बूले उम्मेदवारी दिएका छन् । राप्रपा नेपालका गणेशबहादुर चौकान, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्तविक्रम शाह, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्वतन्त्र उम्मेदवारी दिएकाहरुमा केशवकुमार चापागाईं, डाकप्रसाद गौतम, अर्जुनबहादुर शाही, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल हुन् ।

मंसिर ४, २०७९ मा सम्पन्न निर्वाचनमा निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २५ भदौमा निधन भएपछि इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो । सोही निर्वाचन क्षेत्रमा स्व.सुवासचन्द्रका छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको हो । 

त्यस्तै नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका खड्का गत निर्वाचनमा सुवासचन्द्रसँग ११४ मतले पराजित भएका थिए ।


प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP