नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउँछौं:मुख्यमन्त्री महरा
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउँछौं:मुख्यमन्त्री महरा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार १८, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउँछौं:मुख्यमन्त्री महरा

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट प्राविधिक शैक्षिक गन्तव्य बनाउने संकल्पका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताएका छन् ।

नेपालगञ्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सब समारोहलाई आज सम्बोधन गर्दै कुलपति समेत रहेका मुख्यमन्त्री महराले उच्च गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने तथा दक्ष, योग्य र सीपमूलक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ विश्वविद्यालयलाई अगाडि बढाइएको बताए । नवीनतम प्राविधिक ज्ञानमा आधारित शिक्षा दिने गरी विश्वविद्यालय समर्पित रहेको उनले उल्लेख गरे ।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले प्रविधिले संसारलाई सानो बनाइरहेको भन्दै अहिले विश्वमा प्राविधिक शिक्षाको महत्त्व र अपरिहार्यता बढेको बताए । उनले जग्गा प्राप्तिको प्रक्रियालाई अबिलम्ब निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका सहकुलपति एवम् सामाजिक विकास मन्त्री रत्न बहादुर खत्रीले जग्गा प्राप्तिका लागि संघीय सरकारसंग निरन्तर पहल गरिरहेको बताए । मन्त्री खत्रीले यही बर्षभित्र भौतिक पूर्वाधार निर्माण गर्ने गरी जग्गा प्राप्तिका लागि लुम्बिनी सरकार लागिरहेको बताए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका संस्थापक कुलपति एवम् लुम्बिनी सरकारका पूर्व मुख्यमन्त्री कुल प्रसाद केसीले   कर्णाली र सुदुरपश्चिम प्रदेशलाई लक्षित गरेर आफ्नो कार्यकालमा बाँकेमा विश्वविद्यालय स्थापना गरेको बताए । तहगत सहकार्यको अभावमा जग्गा प्राप्तिमा असहजता आइरहेको बताए । लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई नमुना बनाउनुपर्नेमा केसीको जोड छ ।

वार्षिकोत्सब समारोहमा लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल अहिर, लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरी, मिना श्रेष्ठ, कंचन गाउँपालिका रुपन्देहीका अध्यक्ष नवराज ढकाल, खजुरा गाउँपालिका बाँकेका उपाध्यक्ष मन्जु मल्ल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति विनोद प्रसाद ढकाल, कुलसचिव रेग बहादुर भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । समारोहमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

May be an image of 13 people, dais and text

अहिले नेपालगञ्जबाट सञ्चालन भइरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुरामा स्थायी संरचना निर्माण गर्ने गरी जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ । 


प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP