नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न
लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २२, २०८१ बागेश्वरी पोस्ट
लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न

नेपालगन्ज । बाँकेका तीन वटा स्थानीय तहका १२ विद्यालयका फोकल शिक्षक, शिक्षक, सामाजिक परिचालकहरु तथा खजुरा गाउँपालिका शिक्षा शाखाको टिमको सहभागितामा सञ्चालित चार दिने तालिम सम्पन्न भएको छ । 

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत आयोजना गरिएको चार दिने तालिम लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धि रहेको थियो । असोज १८ गतेदेखि २१ गतेसम्म चलेको तालिमको सहजीकरण सामाजिक परिचालकहरुको सहयोगमा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राई र कार्यक्रम अधिकृत निरोज कोइरालाले गरेका थिए । 

कार्यक्रमको समापनमा बोल्दै तालिमका सहभागी तथा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम निकै उपयोगी भएको बताए । उनले तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागू गरी नमुना काम गर्न सबैलाई अनुरोध गरे ।

तालिमको समापनमा बोल्ने सहभागी शिक्षकहरुले लैङ्गिक तथा जलवायु परिवर्तनका बारेमा स्पष्टसँग जानकारी भएको र बिद्यालयमा सिकेको कुरालाई लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो क्रममा तालिमका सहभागी तथा खजुरा गाउँपालिका शिक्षा शाखाका प्रास निर्मल रेग्मी, सुमन सिंह बस्नेत लगायतले आफ्ना सिकाईबारे भनाई राखेका थिए । 

बासका कार्यवाहक अध्यक्ष शिब कुमार बर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सञ्चालन गरेको समापन-सत्रमा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख मल्ल, प्रास रेग्मी, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवँर, वरिष्ठ अधिकृत राई, कार्यक्रम अधिकृत निरोज कोइराला, बासका केन्द्रीय निर्वतमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिति रहेको थियो ।तालिममा खजुरा, बैजनाथ र कोहलपुरका फोकल शिक्षक, शिक्षक र सामाजिक परिचालक तथा खजुरा गाउँपालिका शिक्षा शाखाको प्रमुख तथा प्रास गरी २९ जनाको सहभागिता रहको थियो ।


प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP