नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन पौडेलको निर्देशन
शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन पौडेलको निर्देशन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २९, २०८१ बागेश्वरी पोस्ट
शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन पौडेलको निर्देशन

राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकामा विद्यालयको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन गरेको हो । अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीको अनुगमन गरेको हो । 

त्यसक्रममा गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाले शैक्षिक सुधारका लागि आवश्यक बजेट बिनियोजन गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकहरुलाई गुणस्तर सुधारमा विशेष ध्यान लगाउन निर्देशन समेत दिए । ‘विद्यालयमा आवश्यक कुराहरुको पालिकाले व्यवस्थापन गर्न हरसम्भव प्रयासरत रहनेछ,' अध्यक्ष पौडेलले भने, ‘त्यसकारण कहीँ कतै कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन हुन्न ।’ 

उनले विद्यार्थीहरुसँग साक्षात्कार समेत गरेका थिए । विद्यालयको पढाईबारे उनले विद्यार्थीहरुसँग साक्षात्कार गरेका हुन् । अनुगमनमा सहभागी राप्तीसोनारी गाउँपालिका ८ का वडा अध्यक्ष शालिकराम डाँगीले व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षकहरुको सक्रियता आवश्यक रहेकाले यसतर्फ पनि हरेक विद्यालयले सोच्नपर्ने कुरामा जोड दिएका थिए । ‘जबसम्म विद्यालयसँग सरोकार राख्ने सबै पक्षको सक्रियता हुँदैन,' वडाअध्यक्ष डाँगीले भने, ‘त्यतिबेलासम्म स्थानीय सरकारले अथवा जसले सहयोग गरे पनि शैक्षिक सुधार हुन सक्दैन जस्तो लाग्छ ।’ उनले पछिल्लो समय विद्यालयहरुको अवस्थामा सुधार देखिएको बताउँदै आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताए ।

टोलीले अन्य योजनाहरुको समेत अनुगमन गरेको थियो । टोलीमा गाउँपालिकाका इन्जिनियर दुर्गा केसी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यो वर्ष शैक्षिक सुधारका लागि भन्दै पालिकाले विभिन्न कार्यक्रमहरु तयार गरेर योजना बनाएको छ । 

 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP