नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्याब्सन बाँकेले भब्यरुपमा मनायो ३४औं स्थापना दिवस
प्याब्सन बाँकेले भब्यरुपमा मनायो ३४औं स्थापना दिवस
शैक्षिक गुणस्तर बृद्धिमा निजी विद्यालयको योगदान ठूलो छः मन्त्री तिमिल्सिना
बागेश्वरी पोस्ट
बुधबार, पुस २४, २०८१ बागेश्वरी पोस्ट
प्याब्सन बाँकेले भब्यरुपमा मनायो ३४औं स्थापना दिवस

खजुरा (बाँके) । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बाँकेले ३४औं स्थापना दिवस भब्यताका साथ मनाएको छ । खजुरास्थित जेनिथ इंग्लिश स्कुलको प्रांगणमा आज एक भब्य कार्यक्रम गरी प्याब्सनले ३४औं स्थापना दिवस मनाएको हो । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पानसमा बत्ती बालेर समारोहको उदघाटन गरेका थिए । 

May be an image of 7 people, dais and text

उद्घाटन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले शैक्षिक गुणस्तर बृद्धिमा निजी विद्यालयहरुको ठूलो योगदान रहेको बताए । लगानी र रोजगारी सिर्जनाका हिसाबले निजी विद्यालयहरु अग्रस्थानमा रहेको चर्चा गर्दै उनले राज्यका लागि राजश्व आम्दानीको प्रमुख क्षेत्र निजी शैक्षिक क्षेत्र रहेको बताए । उनले बिद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन संस्थागत विद्यालयले पनि पहल गर्न आवश्यक रहेकोमा जोड दिए । 

उनले लुम्बिनी प्राबिधिक विश्वबिद्यालय सफल बनाउन प्याब्सन आवद्ध बिद्यालयलाई आग्रह पनि गरे । कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले निजी विद्यालयले नेपालको शिक्षा विकासमा पुर्याइरहेको योगदान प्रशंसनीय रहेको बताए । 

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले खजुरालाई शिक्षाको हब बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निजी विद्यालयले शिक्षा क्षेत्रको इज्जत धानेको चर्चा गर्दै आफूमाथि गरिएका प्रश्नहरुका बारेमा भने गम्भीर बन्नुपर्ने बताए । निजी विद्यालयले लिने शुल्क र शिक्षकहरुको पारिश्रमिकका विषयमा नकारात्मक भाष्य निर्माण भएको प्रसंग निकाल्दै उनले यसको जबाफ दिन सक्नुपर्ने बताए । उनले संस्थागत सहकार्यका लागि प्याब्सन बाँकेलाई आग्रह समेत गरे । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य सुनिल कुमार गुप्ता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामसुरेश यादव, खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, प्याब्सन नेपालगञ्ज नगर अध्यक्ष मान बहादुर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।  

May be an image of one or more people, violin, crowd and text

त्यसक्रममा संस्थागत बिद्यालयको विकास र स्थायित्वमा उल्लेख्य भूमिका निभाएको भन्दै एन्जल्स स्कुलकी सञ्चालिका बिना मल्ललाई प्याब्सन लाइफटाइम अवार्ड र बुद्ध बोर्डिङ स्कुलकी लता शर्मालाई ब्याब्सन शिक्षा दीपबाट सम्मान गरिएको छ । यस्तै प्याब्सनका निवर्तमान अध्यक्ष यम रावतलाई पनि सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा प्याब्सनमा आवद्ध १०५ बिद्यालयका उत्कृष्ट एक एक जना शिक्षक र बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले नृत्यसंगै विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शरचचन्द्र रावलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सञ्चलान सचिव लक्ष्मण बहादुर सिंहले गरेका थिए । 

May be an image of one or more people and templeMay be an image of one or more people and crowdMay be an image of one or more people and crowdMay be an image of 5 people, temple and text


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP