नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • खजुरामा माध्यमिक बिद्यालयहरुसँग पालिकास्तरिय बैठक
खजुरामा माध्यमिक बिद्यालयहरुसँग पालिकास्तरिय बैठक
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १३, २०८१ बागेश्वरी पोस्ट
खजुरामा माध्यमिक बिद्यालयहरुसँग पालिकास्तरिय बैठक

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरगतका सबै माध्यमिक बिद्यालयहरुसँग पालिकास्तरीय 'परिचयात्मक बैठक' गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त बैठक सम्पन्न भएको हो । 

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकको अध्यक्षतामा भएको बैठकमा खजुरा गाउँपालिकाको सबै माबि बिद्यालयहरुमा जलवायु कार्यक्रम सञ्चालनबारे जानकारी प्रदान गर्ने, जलवायु न्याय क्लबको बिषयमा साझा अवधारणाको विकास गर्ने, शेसन सञ्चालनका लागि सम्पर्क शिक्षक तयार गर्ने बारेमा छलफल गर्ने निर्णय गरिएको छ ।  बैठकमा बोल्दै खजुरा गाउँपालिका सामाजिक विकास समिति संयोजक कृष्ण कुमारी पोख्रेलले बालिका शिक्षा कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेकाले गाउँपालिकाले कार्यक्रमको निरन्तरताका लागि बजेट विनियोजन गर्दै निरन्तरता दिने योजना बनाएको बताइन् । कार्यक्रम सञ्चालित ५ वटा बिद्यालयमा कार्यक्रमको प्रभावकारिता उपलब्धिपूर्ण रहेकाले प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने गरी पालिका अगाडि बढेको उनको भनाई थियो । 

खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले बालिका शिक्षा कार्यक्रमले ल्याएको सकारात्मक प्रभावले पालिकाले सबै माबिमा कार्यक्रम विस्तार गर्न थालेको बताए । उनले रुम टु रिडले तयार पारेको पाठ्यक्रमलाई आधार मानेर रुम टु रिड र बास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम अगाडि बढाउने योजनामा पालिका रहेको बताए । अहिलेको आवश्यकता र नमुना बिद्यालयको अवधारणालाई अगाडि बढाउन जलवायु कार्यक्रमको निरन्तरता जरुरी रहेको उनको भनाई थियो । 

बैठकमा जलवायु न्याय कार्यक्रमले बिद्यालयमा पारेको प्रभाव र प्राप्त उपलब्धिका बिषयमा ज्ञानोदय नमुना माबि खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, जनता नमुना माबिका प्रधानाध्यापक महेन्द्र बहादुर खत्री, जनसेवा माबिका प्रधानाध्यापक टंक दाहाल, जनकल्याण माबिका प्रधानाध्यापक भिम बहादुर थापा, सम्पर्क शिक्षक अम्बिका थापा, भानु माबिका सम्पर्क शिक्षक गिता अर्यालले जानकारी गराएका थिए भने अन्य सहभागी माबिका प्रधानाध्यापक र सम्पर्क शिक्षकहरुले कार्यक्रमलाई आ-आफ्नो बिद्यालयमा लागू गर्न तयार रहेको बताएका थिए । कार्यक्रमा सहभागी प्रधानाध्यापकहरुले खजुरा गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिनु खुसीको कुरा रहेको भन्दै रुम टु रिड र बास नेपालको सहयोग निरन्तर रहने विश्वास ब्यक्त गरे । जलवायु कार्यक्रम पाइलट कार्यक्रम रहेकाले यसको प्रभावकारिता हेरेर निरन्तरता दिनुपर्नेमा उनीहरुको जोड थियो । 

बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजीकरण गरेको कार्यक्रममा जलवायु न्याय क्लबको बारेको बारेमा जानकारी सहितको प्रस्तुतिकरण तथा सहभागीहरुले राखेका जिज्ञासाको समाधान रुम टु रिडका कार्यक्रम अधिकृत निरोज कोइरालाले गरेका थिए । बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने धन्यबाद ज्ञापन बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष बिक, सामाजिक विकास समिति संयोजक पोख्रेल, शिक्षा शाखा प्रमुख मल्ल, शिक्षा शाखाका निर्मल रेग्मी, रुम टु रिडका कोइराला, बास नेपालका केन्द्रीय निवर्तमान अध्यक्ष सिटौला, उपाध्यक्ष बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, बालिका शिक्षा कार्यक्रम संयोजक भट्ट, प्रशासन तथा लेखा अधिकृत हंस बहादुर शाही, सिनियर सामाजिक परिचालक जमुना चौधरी, सबिता सुनार, शोभा थापा मगर, बिद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षक गरी ५० जनाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP