नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शिक्षामा नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र
शिक्षामा नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ३०, २०८२ बागेश्वरी पोस्ट
शिक्षामा नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

कोहलपुर । नेकपा एमाले शिक्षा तथा मानव श्रोत विभाग बाँकेले शिक्षा क्षेत्रको नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै स्थानीय पालिकाहरुलाई ध्यानाकर्षणपत्र बुझाएको छ । विभागले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि बजेट विनियोजन गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको हो ।  मंगलवार कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाउँदै विभागले उक्त माग गरेको हो । 

विभागका बाँके अध्यक्ष सूर्य बहादुर रोकायले  विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय पालिकालाई ध्यानाकर्षण गराइएको जानकारी दिए । विद्यालयमा पर्याप्त स्वच्छ खानेपानी र शौचालयको व्यवस्थापन हुनुपर्ने, फर्निचर तथा खेल सामग्रीको व्यवस्थापन, टिनको पाता विस्थापन गरेर जिप्सन प्रयोग गर्नुपर्ने, विपद जोखिम न्यूनीकरणमा प्राथमिकता तथा पर्याप्त खेल मैदानको व्यवस्थापनमा बजेट छुट्ट्याउन ध्यानाकर्षण गराइएको अध्यक्ष रोकायले बताए । यसैगरी शैक्षिक गुणस्तरका लागि अभिभावक शिक्षा लागू गर्दै निःशुल्क तथा अनिवार्य शिक्षा लागू गर्न विद्यालय संचालन तथा व्यवस्थापन खर्च अनुदान दिनुपर्ने, अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुलाई पर्याप्त तालिमको व्यवस्थापन गर्नुपर्ने, विषयगत, तहगत तथा विद्यार्थीको अनुपातमा शिक्षकहरुको व्यवस्थापन गरिनुपर्ने माग अघि सारिएको उनको भनाई छ । 

सरकारी विद्यालयमा प्रविधिमा आधारित शिक्षाको व्यवस्थापन गर्न पनि ध्यानाकर्षणपत्रमा माग गरिएको उनले बताए । ध्यानाकर्षणपत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले विभागले महत्वपूर्ण विषय सही समयमा उठाएको भन्दै धन्यवाद दिए । उनले पालिकाले शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासमा प्राथमिकता दिएको बताए । यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पनि बजेट तथा नीति निर्माण गर्दा विभागले उठाएका उचित विषयहरुलाई समेटिने प्रतिवद्धता जनाए । विभागले यसअघि नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP