नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • कोहलपुरमा प्रधानाध्यापकहरुका लागि क्षमता विकास तालिम
कोहलपुरमा प्रधानाध्यापकहरुका लागि क्षमता विकास तालिम
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ९, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरमा प्रधानाध्यापकहरुका लागि क्षमता विकास तालिम

नेपालगन्ज । बाँकेको कोहलपुरमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि क्षमता विकास तालिम सुरु भएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकूद शाखाले आयोजना गरेको तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरे । 

तालिमलाई सिकाई र उपयोगीपूर्ण बनाउन उनले सुझाव समेत दिए । सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई एकै थलोमा राखेर तालिम गर्दा एक अर्काप्रति सिकाई आदानप्रदान हुने र यसले गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पार्ने उनले विश्वास लिए । बार्षिक परीक्षा सकिएको र आगामी योजनाका लागि नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेका बेला आयोजना गरिएको तालिमले कोहलपुरमा शैक्षिक गुणस्तरमा आवश्यक सुझाव समेत प्राप्त हुने उनले विश्वास लिए । उनले परीक्षा प्रणाली व्यवस्थित गर्ने, शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने सवालमा भूमिका निर्वाह गर्न प्रधानाध्यापकहरुलाई आग्रह गरे । ‘यहाँ सामुदायिक र संस्थागत गरी दुवै क्षेत्रका प्रधानाध्यापकहरु सहभागी हुनुभएको छ,'' उनले भने–‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा एकआपसमा समान धारणा बनाउने र राम्रा अभ्यासहरु सबैले एक आपसमा कार्यान्वयन गर्ने वातावरण बन्नुपर्छ ।’ प्रधानाध्यापकहरुको भूमिका विद्यालय प्रशासन सुधारमा मात्रै सीमित नभएकाले विद्यालय बाहिरको वातावरण र समाज सुधारमा पनि केन्द्रित हुनुपर्नेमा नगर प्रमुख आचार्यको जोड छ । 

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक सुधार, प्रशासनिक सुधारका सवालमा प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसमा आफूलाई अव्वल बनाउनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थित बनाउन जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । यस्तै सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले शैक्षिक विकास कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकताको विषय रहेको बताए । उनले सबै क्षेत्रको विकास आवश्यक भए पनि शैक्षिक विकास सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे । त्यसैले कोहलपुर नगरपालिकाले शैक्षिक हवको परिकल्पना गर्दै आएको पनि उनको भनाई छ । 

शुक्रबारदेखि सुरु भएको तालिममा विद्यालयको शैक्षिक पाठ्यक्रम, व्यवस्थापकीय क्षमता, प्रधानाध्यापकहरुको काम कर्तव्य र जिम्मेवारी लगायतका विषयमा विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिने कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाकी शाखा अधिकृत शिला गौतमले जानकारी दिइन् । तालिममा शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, शिक्षा समन्वय इकाई प्रमुख धनसुदन चौलागाई, शिक्षा विज्ञ जीत बहादुर शाह, शिक्षा अधिकृत रविलाल मिजार, शिक्षकहरु ऋषि शर्माराज शर्मा र दिलिप ओलीले प्रशिक्षण दिनेछन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP