prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जीवन उपयोगी सीप र जलवायु न्याय क्लब (पाठ्यक्रम) सम्बन्धि तालिम सुरु
जीवन उपयोगी सीप र जलवायु न्याय क्लब (पाठ्यक्रम) सम्बन्धि तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ १९, २०८२ बागेश्वरी पोस्ट
जीवन उपयोगी सीप र जलवायु न्याय क्लब (पाठ्यक्रम) सम्बन्धि तालिम सुरु

नेपालगञ्ज । बालिका शिक्षा कार्यक्रम सञ्चालित बाँकेको खजुरा गाउँपालिकाका १६ ओटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकका लागि तीन दिने तालिम सुरु भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालको आयोजनामा आजदेखि खजुरामा तालिम सुरु भएको हो । 

तालिमको उद्घाटन सत्रमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले रुम टु रिड र बासमार्फत सञ्चालन भएको बालिका शिक्षा कार्यक्रमको उपलब्धि अत्यन्तै सकारात्मक देखिएकाले पालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिने योजना अगाडि बढाएको बताए । बालिका शिक्षा कार्यक्रम एक प्रभावकारी कार्यक्रम रहेको बताउँदै कार्यक्रमले बालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उनको भनाई थियो । मधेशी, मुस्लिम समुदायका किशोरीमा आएको परिवर्तनले अभिभावकको समेत धारणा सकारात्मक भएको पाइएकाले गाउँपालिकाका १६ वटै माबिमा सञ्चालन गर्न पालिका अगाडि बढेको उनको भनाई थियो  । 

यसैगरी उद्घाटन सत्रमा बोल्दै खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि बालिका शिक्षा कार्यक्रम एक सफल कार्यक्रम भएको बताइन् । खजुरा गाउँपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक कृष्णा पोखरेलले बिद्यालय अनुगमनको क्रममा बालिकाहरुमा आएको परिवर्तन कार्यक्रमको उपलब्धि मापनको आधार रहेको बताउँदै कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिइन् । 

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले कार्यक्रमको उपलब्धिमा सबै सकारात्मक रहेकाले निरन्तरताको योजना बनाएको बताए । उनले सबै माबिमा जानु चुनौतीसँगै अवसर रहेकाले सबै बिद्यालयहरुले उक्त चुनौतीलाई अवसरमा बदल्न सफल हुने विश्वास ब्यक्त गरे । तालिमको उद्घाटन सत्रमा रुम टु रिडका फिल्ड म्यानेजर दिनेश पोखरेलले तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले बालिका शिक्षा कार्यक्रमलाई अपनत्व स्विकार गर्दै निरन्तरताका लागि अगाडि बढाएकोमा खुसी लागेको बताए । 

बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजीकरण गरेको उद्घाटन सत्रमा स्वागत बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष बर्माले गरेका थिए । तालिममा खजुरा गाउँपालिकाका सबै माबि बिद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकको सहभागिता रहेको छ । 

जीवन उपयोगी सीप, जीवन उपयोगी सीपको १० तत्वहरुबारे प्रशिक्षित गर्ने र विद्यालयस्तरमा जीवन उपयोगी सीपलाई जारी राख्न सक्षम बनाउने, जलवायु न्याय पाठ्यक्रम किन सान्दर्भिक छ र यस पाठ्यक्रमका सिकाई उद्देश्यहरू के के हुन् बुझ्ने, यस पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जलवायु परिवर्तन सम्बन्धि ज्ञान हासिल गर्ने, निर्देशिकाको सत्रहरुमा रहेको विशेष क्रियाकलापहरुको अवधारणामा स्पष्ट हुने, पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिकता र जलवायु न्यायसम्बन्धि ज्ञान हासिल गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तीन दिने तालिमको सहजीकरण रुम टु रिडका जय प्रजापति, दिनेश पोखरेल, निरोज कोइराला, बासका कार्यक्रम संयोजक भट्ट, शोभा भण्डारी, सविता सुनार, जमुना चौधरीले गर्नेछन् ।


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP