नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शिक्षा पहिलो प्राथमिकतामा छः नगर प्रमुख आचार्य
शिक्षा पहिलो प्राथमिकतामा छः नगर प्रमुख आचार्य
बागेश्वरी पोस्ट
सोमबार, जेठ १९, २०८२ बागेश्वरी पोस्ट
शिक्षा पहिलो प्राथमिकतामा छः नगर प्रमुख आचार्य

कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा कोहलपुरमा आयोजित पाँच दिने एकीकृत पाठ्यक्रममा आधारित कष्टमाइज्ड तालिम एवम् बहुकक्षा बहुस्तर शिक्षण सिकाई अभिमुखीकरण कार्यक्रमको सोमवार समापन गर्दै उनले विद्यालयको गुणस्तर सुधारको योजना लिएर आउने विद्यालयलाई खाली हात नफर्काइएको बताए । उनले भने–‘हाम्रो पहिलो प्राथमिकता शिक्षा हो । बिद्यालयको गुणस्तर सुधारमा योजना लिएरर आउने विद्यालयलाई खाली हात फर्काएका छैनौं ।’

उनले प्राप्त तालिमबाट सिकेको सीप र ज्ञानलाई विद्यालयमा उपयोग गरेर शिक्षण सिकाईलाई प्रभावकारी गराउन पनि निर्देशन दिए । उनले भने–‘नतिजा सुधारमा प्रभाव पार्ने गरी काम गर्नुहोस् । स्थानीय सरकारबाट शैक्षिक सामग्रीको अभाव हुनेछैन ।’ कक्षा १ देखि ३ सम्ममा अध्ययन गर्ने ६० जना शिक्षकहरुलाई बहुकक्षा बहुस्तर शिक्षण सिकाईको आवश्यकता, प्रभावकारिता र कार्यान्वयनका विभिन्न विषयमा तालिम प्रदान गरिएको थियो । त्यसक्रममा शिक्षकहरुले शैक्षिक सामग्रीको अभावले कक्षा व्यवस्थापनमा चुनौती रहेको बताएका थिए ।

नगर प्रमुख आचार्यले शैक्षिक विकासमार्फत चेतनाको स्तर उकास्ने अभियानमा स्थानीय सरकार लागिपरेकाले बालबालिकाहरुको सिकाई उपलब्धि हासिल हुने गरी शिक्षण सिकाई विधि अवलम्वन गर्न आग्रह गरेका हुन् । शिक्षकहरुलाई पाठ्यक्रमसंगै बाहिरका बिषयमा पनि अभ्यस्त बनाउन आवश्यक रहेकाले पालिकाले नियमित तालिम प्रदान गरिने प्रतिवद्धता जनाए । कक्षा कोठा व्यवस्थित गर्ने मात्र नभएर समाजलाई व्यवस्थित गर्ने गरी योजना बनाएर अघि बढ्न पनि नगर प्रमुख आचार्यले निर्देशन दिए ।

नगर उपप्रमुख संगिता सुवेदीले पनि तालिमबाट प्राप्त ज्ञानलाई विद्यालयमा कार्यान्वयन गर्न सुझाव दिइन् । शैक्षिक हब बनाउने कोहलपुर नगरपालिकाको अभियानलाई सार्थक बनाउने दायित्व शिक्षकहरुको पनि भएको भन्दै उनले बालबालिकालाई बिद्यालय आउन उत्साही बनाउन सुझाव दिइन् । यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले आफ्नो विद्यालयलाई असल बनाउने दायित्व शिक्षकको भएको बताए ।

तालिमबाट प्राप्त उर्जालाई सदुपयोग गर्न उनको सुझाव थियो । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षदेखि बहु कक्षा बहुस्तर (एमजिएमएल) कार्यान्वयनमा ल्याउन लागेको शिक्षा शाखाका शाखा अधिकृत रविलाल मिजारले बताए । सोही अनुरुप चालू आर्थिक वर्षमा ६ लाख ७८ हजारको लागतमा तालिम प्रदान गरिएको उनको भनाई छ । तालिममा सहभागी शिक्षकहरुले प्राप्त सीप र ज्ञानलाई आफ्नो विद्यालयमा कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका छन् ।

तालिम समापनमा जर्मन नेपाल सहयोग संघका शिक्षा कार्यक्रम संयोजक समेत रहेका प्रशिक्षक चन्द्र कुमार शर्मा, सहभागीहरुका तर्फबाट शिक्षकहरु कुश्मा भट्टराई र पुर्णिमा शर्माले अनुभव राखेका थिए । तालिममा शर्मासँगै ठाकुर प्रसाद पौडेल र केदार देउलाले प्रशिक्षण दिएका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २१:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
शिक्षा पहिलो प्राथमिकतामा छः नगर प्रमुख आचार्य
शिक्षा पहिलो प्राथमिकतामा छः नगर प्रमुख आचार्य
जीवन उपयोगी सीप र जलवायु न्याय क्लब (पाठ्यक्रम) सम्बन्धि तालिम सुरु
जीवन उपयोगी सीप र जलवायु न्याय क्लब (पाठ्यक्रम) सम्बन्धि तालिम सुरु
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP