नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नेपालगञ्जका निजी विद्यालयले समेत 'बृहत्तर विद्यालय सुरक्षा योजना' बनाउने
नेपालगञ्जका निजी विद्यालयले समेत 'बृहत्तर विद्यालय सुरक्षा योजना' बनाउने
RSG-2
गौरब गिरी
मंगलबार, साउन १३, २०८२ गौरब गिरी
नेपालगञ्जका निजी विद्यालयले समेत 'बृहत्तर विद्यालय सुरक्षा योजना' बनाउने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका निजी विद्यालयहरुले समेत बृहत्तर विद्यालय सुरक्षा योजना बनाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले आज आयोजना गरेको निजी विद्यालयसंगको छलफल कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका लागि योजना बनाउने सहभागीहरुले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर ।।) को प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिर प्रताप सिंहले विपद्जन्य जोखिम न्यूनीकरणमा निजी विद्यालयहरुलाई समेत सबल र सक्षम बनाउन आवश्यक रहेको बताए । शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले विपद्मा विद्यालयले अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे विद्यालयले फोकल शिक्षक तोकेर आर्जन गरेको ज्ञान र सीप पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनमा उपयोग गर्न आग्रह गरे । महाशाखा प्रमुख थापाले भूकम्प लगायत अन्य विपद्का घटनाहरुमा विद्यालयले ध्यान दिनुपर्ने र पूर्व तयारी गर्नुपर्ने विषयहरुमा केन्द्रित रहेर सममुदायिक विद्यालयसंगै निजी विद्यालय समेतको सहभागितामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको बताए । 

आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिृकत रुपन ज्ञवालीले तालिमपछि सवै निजी विद्यालयले वृहत्तर विद्यालय योजना बनाउने साथै विपद् जोखिम न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास गर्ने सहमति भएको जानकारी दिए । बृहत्तर विद्यालय सुरक्षा सम्बन्धि योजना तयार गर्ने तथा विद्यालयमा सचेतना प्रबद्र्धन गर्ने उद्देश्य रहेको प्रशिक्षण कार्यक्रममा ३ दर्जन निजी विद्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । सुपरको सहयोगमा नेपालगञ्जमा संचालित ३० सामुदायिक विद्यालयमा बृहत्तर सुरक्षा योजना यसअघि नै निर्माण भइरहेको महाशाखाले जनाएको छ ।

युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपर सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद् पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP