prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्याब्सन बाँकेले शुक्रबार पनि जिल्लाका विभिन्न निकायमा ज्ञापत्रपत्र बुझायो
प्याब्सन बाँकेले शुक्रबार पनि जिल्लाका विभिन्न निकायमा ज्ञापत्रपत्र बुझायो
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ३०, २०८२ बागेश्वरी पोस्ट
प्याब्सन बाँकेले शुक्रबार पनि जिल्लाका विभिन्न निकायमा ज्ञापत्रपत्र बुझायो

नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शुक्रबार पनि जिल्लाका विभिन्न निकायमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । प्याब्सन बाँकेले पनि जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 'विद्यालय शिक्षा विधेयक' सच्याउन ध्यानाकर्षण गराउँदै विहिबार देशभरका स्थानीय सरकारका प्रमुख एवम् शिक्षा महाशाखा एवम् शाखालाई समेत ज्ञापनपत्र बुझाएको प्याब्सनले आन्दोलनका कार्यक्रम अन्तर्गत आज पनि विभिन्न निकायमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

बाँकेमा अध्यक्ष विकास बज्राचार्यको अगुवाईमा गएको प्याब्सन टोलीले ज्ञापनपत्र बुझाएको कोषाध्यक्ष प्रबिण गिरीले बताए । गिरीका अनुसार जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला समन्वयमा उपप्रमुख सीता कार्की तथा शिक्षा विकास तथा समन्वयमा कार्यालय प्रमुख धनसुदन चौलागाईलाई ज्ञापनपत्र बुझाइएको हो । शिक्षा विकास तथा समन्वय इकाईमा प्याब्सन जिल्ला अध्यक्ष बज्राचार्य, जिल्ला प्रशासन कार्यालयमा प्रमुख सल्लाहकार यम बहादुर रावत र जिससमा उपाध्यक्ष महेन्द्र शर्माले प्याब्सन आन्दोलित हुनुको कारणबारे बोलेका थिए । 

May be an image of 13 people and people studying

सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो । 

चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २९ गते स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउने, साउन ३० गते जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाउने तथा दिउँसो २ः३० बजे राष्ट्रिय परिचर्चा आयोजना गर्ने, भदौ ३ र ५ गते क्रमशः पालिका र जिल्ला तहका समितिहरूको बैठक बस्ने र भदौ ६ गते सडकस्तरमै विरोध प्रदर्शन तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने उल्लेख छ ।

प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ । 


प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP