नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ४, २०८२ बागेश्वरी पोस्ट
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

नेपालगन्ज । युनाइटेड एजुकेशनल एकेडेमीले कक्षा ११ का बिद्यार्थीलाई स्वागत गरेको छ । विज्ञान, म्यानेजमेन्ट, शिक्षा तथा कानुन संकायका बिद्यार्थीहरुलाई बिहीवार एकै मञ्चमा राखेर कक्षा १२ का बिद्यार्थीबाट स्वागत गरिएको हो ।  कक्षा १२ का क्याप्टेन रबिन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रमले नयाँ बिद्यार्थीलाई स्वागत गर्दै भावी शैक्षिक जीवनको शुभकामना समेत प्रदान गर्‍यो ।

राष्ट्रिय परीक्षा बोर्डका प्रमुख लक्ष्मी प्रसाद अधिकारीले अनुशासनमा बसेर अघि बढे लक्ष्य हासिल गर्न सकिने बताए ।  उनले भने-`आजको आवश्यकता लगनशील र अनुशासित जीवनशैली हो ।´उनले माध्यमिक तह १२ कक्षासम्म अनिवार्य उत्तीर्ण हुनुपर्ने वर्तमान संरचना औँल्याउँदै `अब १२ कक्षा पास हुनु भविष्यको प्रारम्भिक चरण हो, त्यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ´ भन्ने सुझाव दिए ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत डिल्ली आचार्यले युवाको भविष्य परिश्रमले निर्माण हुने तरिकालाई सरल शैलीमा व्याख्या गरे । उनको भनाई थियो, `मिहिनेत गर्ने संस्कृतिले मात्र सफलता मिल्छ । पढाईलाई बोझ होइन, अवसरको रूपमा लिनुपर्छ ।´ नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पछिल्लो समय बिद्यार्थीमा पढ्ने बानी कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने-`सफलताको मार्ग सधैं मेहनतकै बाटो हुँदै जान्छ । मेहनत बिना लक्ष्य भेटिँदैन ।´

कलेजका प्रबन्ध निर्देशक विकास बज्राचार्यले कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । `हाम्रो उद्देश्य गुणस्तरीय शिक्षासँगै जिम्मेवार नागरिक उत्पादन हो´ उनको भनाई थियो। कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सहसचिव राजेन्द्र आचार्य, प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापा, बाँकेका कोषाध्यक्ष प्रबीन गिरी, विद्यालयका अध्यक्ष तरुण बज्राचार्य, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी लगायत उपस्थिति थिए ।

कार्यक्रम कलेजका सञ्चालक गणेश पाठकको स्वागत मन्तव्यपछि सुरु भएको थियो । शिक्षक गीता सुवेदीदेखि कक्षा १२ की विद्यार्थी स्नेहा कौशलले प्रेरणादायी अभिव्यक्ति दिँदै विद्यार्थी जीवनलाई अनुशासन र जिम्मेवारीसँग बाँध्न आग्रह गरे । कार्यक्रममा बिद्यार्थीहरुले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन शिक्षक सिताराम सुवेदीले गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP