नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १८, २०८२ बागेश्वरी पोस्ट
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान

नितेशसिंह मौर्य/नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा शिक्षा क्षेत्रमा व्यापक अनियमितता, भ्रष्टाचार र लापरवाही भएको भन्दै विद्यार्थी , स्थानीयवासी तथा सरोकारवाला समूह नै आन्दोलित भएका छन् । नरैनापुर गाउँपालिकामा शैक्षिक माफियाको संगठित गिरोह सक्रिय रहेको आरोप लगाउँदै त्यसको संयोजकका रूपमा शिक्षा शाखा प्रमुख कृष्णकुमार थारु रहेको दाबी गरेका छन् । उनीमाथि गम्भीर भ्रष्टाचारका आरोप रहेकाले तत्काल बर्खास्ती गरी निष्पक्ष छानबिन गर्नुपर्ने स्थानीयबासीहरुको माग छ । 

स्थानीय तथा पत्रकार विनय दीक्षितले विद्यालयमा अझैसम्म स्थानीय पाठ्यक्रम लागू हुन नसकेको भन्दै त्यसका लागि विनियोजन गरिएको बजेट कहाँ खर्च भयो भन्नेबारे कसैलाई जानकारी नभएको प्रश्न उठाए । उनका अनुसार शिक्षा शाखाले बजेट छुट्याए पनि त्यसको पारदर्शिता छैन । शिक्षा शाखाको संरक्षित भ्रष्टाचारले  विद्यार्थीको दिवा खाजामा ठुलो भ्रष्टाचार भएको र लाखौं रुपैयाँ दिवा खाजाका नाममा खर्च देखाइए पनि विद्यालयमा विद्यार्थीले चिउरा, नमकिन र पानी मात्रै खान बाध्य भएको देखिएको दिक्षितको भनाइ छ । यस विषयमा तत्काल अनुसन्धान हुनुपर्ने माग गरिएको उनले बताए ।

विद्यालयमा भौतिक संरचना अभाव, डेस्क–बेन्चको कमी, तथा खानेपानी अभावसमेत रहेको आन्दोलनकारीको आरोप छ । खानेपानीका लागि लाखौं खर्चेर जडान गरिएका वाटर प्युरीफायर मेसिन आजसम्म सञ्चालनमा नआएको जनाइएको छ ।

त्यस्तै, विद्यालयका लागि खरिद गरिएका विद्युतीय उपकरण विद्यालयमा नराखी प्रधानाध्यापकहरूको घरमा जडान गरिएको देखिएको भन्दै यसले गर्मीको समयमा विद्यार्थीहरूलाई चरम सास्ती भोग्न बाध्य बनाएको उनीहरूले बताएका छन् ।

विद्यालयमा विद्यार्थीका लागि कुनै पनि आधारभूत सुविधा उपलब्ध नभएको र त्यसको पूर्ण जिम्मेवारी शिक्षा शाखा प्रमुखले लिनुपर्ने आन्दोलनकारीको माग छ । शिक्षा क्षेत्रमा यति धेरै भ्रष्टाचार हुँदा पनि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले कुनै कदम नचालेको आरोप समेत लगाइएको छ ।

स्थानीयवासीका अनुसार विद्यालयसँग सम्बन्धित धेरै भ्रष्टाचारका उजुरी शिक्षा शाखामा जानकारी गराउँदा पनि कुनै कारबाही नभएकाले सबै पक्ष मिलेमतोमा रहेको स्पष्ट देखिएको छ। आन्दोलनकारीहरूले एसईई परीक्षामा नतिजा शून्य जस्तै हुनु, अनुगमनको अभाव, विषयगत शिक्षकको कमी तथा शिक्षक नियुक्तिमा लेनदेन हुने जस्ता कारणले शिक्षा क्षेत्र अन्धकारतर्फ गएको बताए ।

शिक्षा शाखा मौन रहँदा नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा गहिरो र संगठित भ्रष्टाचार भइरहेको स्पष्ट देखिने स्थानीयको आक्रोशपूर्ण निष्कर्ष छ । आन्दोलनकारीहरूका अनुसार शिक्षा शाखा प्रमुख पदबाट हटेपछि मात्रै दोस्रो चरणको वार्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग गरिनेछ । बुधबार नरैनापुरमा एक दिने चक्काजामसहित धर्ना कार्यक्रम गरिएको थियो भने भोलि नरैनापुर बन्दको घोषणा गरिएको दिक्षितले जानकारी दिएका छन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP