नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई
चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ५, २०८२ बागेश्वरी पोस्ट
चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई

नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको आयोजनामा सम्पन्न चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेड एजुकेसन एकेडेमीले जितेको छ ।

खजुरारोडस्थित होटल पौवामा शनिवार आयोजित प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै युनाइटेड प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रथम स्थान प्राप्त गरेको युनाइटेड एजुकेसन एकेडेमीले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी जनसेवा (जेएस) सेकेन्डरी स्कुल द्वितीय हुँदै २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय हुँदै १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भए । रामजानकी मावि, स्प्रिङ डेल एकेडेमी र नेपालगन्ज सेन्ट जेभियर्स सान्तवना भएका छन् । सान्तवना हुने विद्यालयहरुले जनही ५ हजार ५५० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगितामा विजयी हुने विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाइँ, विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य एकनारायण पौडेल लगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । चर्चित मोडेल तथा नायिका अञ्जली अधिकारी र स्मृति तिमिल्सेनाले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रम संयोजक कमलेश शाहले जानकारी दिए ।

उद्घाटन सत्रमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख चौलागाइँले यस्ता प्रतियोगिताले बालबालिकामा रहेको अतिरिक्त प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालयहरूले किताबी ज्ञानलाई मात्र प्राथमिकता नदिई विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान र विकास गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । 

May be an image of temple, dais and text

प्याब्सनका केन्द्रीय सदस्य पौडेलले निजी विद्यालयहरुले विद्यार्थीहरूको अतिरिक्त प्रतिभा पहिचानलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै त्यसको पुष्टि प्याब्सन बाँकेको नृत्य प्रतियोगिताले गरेको बताए ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बालबालिकाको अन्तर्निहित प्रतिभा प्रष्फुटनका लागि प्याब्सनले नियमित रुपमा नृत्य प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय कला र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सहसचिव राजेन्द्रकुमार आचार्य, प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्याब्सन बाँकेका सचिव लक्ष्मण सिंहले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष शरदचन्द्र रावलले राखेको जिल्ला कोषाध्यक्ष प्रवीण गिरीले जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP