नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक महोत्सव
नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक महोत्सव
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १८, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक महोत्सव

नेपालगन्ज । नेपालगन्जमा आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने भएको छ । सडक डिभिजन परिसर नेपालगञ्जमा पुस ३० गतेदेखि माघ १० गतेसम्म महोत्सव संचालन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना एवम् महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह-आयोजनामा महोत्सव हुन लागेको संयोजक समर बहादुर खत्रीले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको कार्यालय भवन निर्माणार्थ "मेहनत, श्रृजना, उत्पादन र बस्तु मेरै नेपालको" भन्ने मूल नाराका साथ आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव गर्न लागिएको खत्रीले बताए । महोत्सवमा २०० देखि २५० वटासम्म नविनतम् प्रविधिजन्य उत्पादनहरु, महिलाद्वारा संचालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरुको स्टल मेलाको प्रमुख आकर्षणको रुपमा रहने महोत्सव सह-संयोजक विष्णु प्रसाद खनालले जानकारी दिए ।

महोत्सवमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति कोहलपुर पालिका समिति, खजुरा पालिका समिति, बैजनाथ पालिका समिति, राप्तिसोनारी पालिका समिति, जानकी पालिका समिति, डुडुवा पालिका समिति र नरैनापुर पालिका समितिले सहकार्य गरेका छन् ।

स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादित बस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले बताएको छ । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदावार, हस्तकला, उर्जा, बायोग्यास लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने बताइएको छ । साथै महोत्सवमा स्थानीय एवं राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुने सह-संयोजक खनालले बताए । मेला अवधिभर १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवले लुम्बिनी प्रदेशभित्र रहेका विभिन्न कला, संस्कृति, भेषभुषा, मौलिक तथा सांस्कृतिक महत्व बोकेका विविधतायुक्त झाँकी, बाजा, परम्परागत पेशा, सीप लगायतलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ । त्यसैगरी बाँके जिल्लाभित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय स्थलहरु बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर बाबाको मन्दिर, वर्फानी बाबाको मन्दिर, वाटरपार्क, गाभर भ्याली लगायतलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुऱ्याउनेमा पनि महासंघ विश्वस्त रहेको महोत्सव संयोजक खत्रीले बताए । 


प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP