नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान
बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २४, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शैक्षिक गुणस्तर अभिबृद्धिमा निजी विद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेको ३५औं  ‘प्याब्सन डे’ को अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धिमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको भन्दै रोजगारीको पनि स्रोत बनेको बताए । उनले निजी विद्यालय र सामुदायिक विद्यालयको गुणस्तर कायम राख्न राज्यले भूमिका खेल्नुपर्ने समेत बताए । उनले तत्काल शिक्षा ऐन ल्याउन समेत संघीय सरकारसँग माग गरे । शिक्षा ऐन ल्याउँदा निजी विद्यालयसँगको सहमति विना ल्याउन नहुने उनको भनाई छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निजी विद्यालयहरुले नेपालको शैक्षिक गुणस्तर कायम राख्न र रोजगारी सिर्जना गर्ने सवालमा उल्लेखनीय योगदान दिएको बताए । शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख धनसुदन चौलागाईंले शिक्षा क्षेत्रमा गुणस्तर ल्याउनु अहिलेको आवश्यकता भएको र यसका लागि निजी विद्यालयहरूको लगानीले उपलब्धि हासिल गरेको बताए । उनले अबका दिनमा व्यवहारिक तथा विद्यार्थीहरूको रुची अनुसारको शिक्षा हुन आवश्यक रहेकोमा जोड दिए ।नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निजी विद्यालयले शिक्षा क्षेत्रको इज्जत धानेको उल्लेख गर्दै आफूमाथि गरिएका प्रश्नहरुका बारेमा भने गम्भीर बन्नुपर्ने बताए । निजी विद्यालयले लिने शुल्क र शिक्षकहरुको पारिश्रमिकका विषयमा नकारात्मक भाष्य निर्माण भएको प्रसंग निकाल्दै उनले यसको जबाफ दिन सक्नुपर्ने बताए ।

प्याब्सन बाँकेका अध्यक्ष विकास वज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. राजेश केशर खनाल, शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख धनसुदन चौलागाईं, प्याब्सन लुम्बिनी सल्लाहकार ऋषिकेश जिसी, नेपालगञ्ज उच्च अदालत बार एशोसिएसन अध्यक्ष पवन कुमार गुप्ता, नेपाल शिक्षक महासंघ नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष सुमोद रिजाल, नेपालगञ्ज अध्यक्ष मान बहादुर थापा, कोहलपुर अध्यक्ष रमेश केसी, खजुरा अध्यक्ष गिता गोदार लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।  

पत्रकार ढकाललाई प्याब्सन पत्रकारिता पुरस्कार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेको ३५औं ‘प्याब्सन डे’ मा पत्रकार प्रियास्मृति ढकाल सम्मानित भएका छन् । सञ्चारकर्ममार्फत निजी तथा आवासीय विद्यालयहरुको उन्नयनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकारिता विधातर्फ १० हजार नगदसहित ढकाल प्याब्सन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्ट, प्याब्सन बाँकेका अध्यक्ष बज्राचार्य लगायतका अतिथिहरुले पत्रकार ढकाललाई दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गरेका हुन् ।

May be an image of one or more people, dais and text that says 'அதிய்ு SCHOCLASA ఆారీ N thePivar निजी तथरज तथक्आताजी मीजीर विद्यालव अर्गनाईजे Private & Boart Schools' Organiza ाब्सन बाँके ON BANKE वेद्या'

प्रत्येक विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थी तथा विभिन्न क्षेत्रका ब्यक्तित्वलाई सम्मान गर्दै आएकोमा यो वर्षदेखि पत्रकारिता क्षेत्रबाट पनि सम्मान गर्न सुरु गरिएको हो । पत्रकारिता विद्यामा सम्मानित हुने ढकाल पहिलो हुन् । पत्रकार ढकाल स्वास्थ्य पेजका प्रकाशक तथा कार्यकारी सम्पादक हुन् । हाइवे पोष्ट दैनिक र रेडियो वीएफवीएसमा समेत आवद्ध ढकालले करिव २० वर्षदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका छन् । पछिल्लो समय उनले स्वास्थ्य र शिक्षाका विषयमा विशेषरुपमा कलम चलाउँदै आएका छन् ।

यो बर्षदेखि १२ वटा विधामा सम्मान गरिएको हो । यस्तै कला संस्कृति संरक्षणमा योगदान दिए वाफत सुन्दर गुरुङ, मानव वेचविखन विरुद्धको अभियानमा सक्रिय केशव कोइराल, लागुपदार्थ दुव्र्यसन विरुद्धको अभियानमा सक्रिय अभिराज क्षेत्री, बैजनाथको शिक्षा क्षेत्रमा पुर्याएको योगदान वाफत शान्ति शाह, कोहलपुरको शिक्षा क्षेत्रमा पुर्याएको योगदान वाफत नारायण प्रसाद सिग्देल, खजुरा क्षेत्रमा पुर्याएको योगदान वाफत चिनियाराम आचार्य, बाँकेको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान वाफत बलराम यादव, खेलाडी विधाबाट दुर्गा थापा सम्मानित भएका हुन् ।

यस्तै लाइभटाइम एचिभमेन्ट अवार्ड जय बागेश्वरी माविका विद्यामानराज भण्डारी र शिक्षा दिप सम्मानबाट ब्राइटल्याण्ड मावि नेपालगञ्जका विजय लामा सम्मानित भए । त्यसैगरी प्रत्येक विद्यालयका उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी र गत बर्षको एसईईमा ४ जिपिए ल्याएकी छात्रा सिर्जना विसी र विद्यालय बाल विद्या मन्दिरलाई पनि सम्मान गरिएको थियो । प्याब्सन बाँकेमा आबद्ध १०६ विद्यालयका उत्कृष्ट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको थियो । नेपालगञ्ज रंगशालामा आयोजित औपचारिक कार्यक्रम अघि वीपी चोकबाट प्रभातफेरि निकालिएको थियो । प्याब्सन बाँकेका सचिव लक्ष्मण बहादुर सिंह र सहसचिव गणेश आचार्यले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष महेन्द्र कुमार शर्माले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन बाँकेका अध्यक्ष बज्राचार्यले निजी विद्यालयहरूले रोचक ढंगले शिक्षण–सिकाई क्रियाकलाप गर्दै आएको र यस्ता क्रियाकलापमा सबै विद्यालयहरूसँग समन्वय गर्न सफल भएको बताए । उनले विद्यार्थीहरूलाई छात्रवृत्ति दिने विषय, गुणस्तरीय शिक्षाको सवाल र विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा तदारुकताका साथ योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए ।

May be an image of ‎one or more people, motorcycle and ‎text that says '‎विजी तया आवासीय वियालय अर्गनदजेशन ेमयाल Private & Boarding Schools' Organization Nepal प्याव्सन बार्के PAESONE PABSONBANKE BANKE ३जे प्यान्सन स्थापना दिवस प्रभातफेर शोयशग्ते বই શ0হ २8 गते सेालकतरंक्शाला,धि.े 요 सेपालगजज रंगशाला, बाके بها‎'‎‎May be an image of one or more people and text that says 'QOAING DELL LNADEMY Banke たた लि. መይጠሰ म'May be an image of one or more people and daisMay be an image of one or more people, people playing soccer, crowd and textMay be an image of crowdMay be an image of one or more people and textयसैबीच उक्त समारोहमा हरिप्रसाद रावत प्याब्सन पत्रकारिता पुरस्कारबाट कोहलपुर निवासी पत्रकार रवि रोकाय पुरस्कृत भएका छन् । प्याब्सनका निवर्तमान अध्यक्ष यम रावतले आफ्ना बुवाको सम्झानामा स्थापना गरेको पुरस्कार कोहलपुर प्याब्सन समितिले प्याब्सन डेमा वितरण गर्ने गरेको छ । कोहलपुर अध्यक्ष रमेश केसी लगायतले पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । 

May be an image of text that says 'अगन Org न ननेपा नेपा ation ท้าว निजी तथ निजीतथारची ीजीय Private Private&Boarding & Boarding शमो दिवस BOA ES M कार्यक्रर'

 


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान
बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान
प्याब्सन बाँकेले विहिबार ३५औं 'प्याब्सन डे' भब्यताका साथ मनाउँदै
प्याब्सन बाँकेले विहिबार ३५औं 'प्याब्सन डे' भब्यताका साथ मनाउँदै
खजुरामा हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
खजुरामा हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
अत्यधिक चिसोका कारण कोहलपुरका विद्यालयमा जाडो बिदा
अत्यधिक चिसोका कारण कोहलपुरका विद्यालयमा जाडो बिदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP