नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १५, २०८३ बागेश्वरी पोस्ट
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज

काठमाडौं । अनर (HONOR) नेपालले स्मार्टफोन प्रविधिको भविष्यलाई नेपालमा ल्याउँदै नयाँ HONOR 600 र HONOR 600 Pro  सार्वजनिक गरेको छ । अत्याधुनिक AI फिचर, प्रिमियम डिजाइन र फ्ल्यागशिपस्तरको प्रदर्शनसहित आएको यो नयाँ सिरिज दैनिक क्षणहरूलाई असाधारण अनुभवमा रूपान्तरण गर्न डिजाइन गरिएको हो । आकर्षक डिजाइन र बुद्धिमानी प्रविधिको संयोजन भएको HONOR 600 सिरिज सिर्जना, फोटोग्राफी र मनोरञ्जनलाई नयाँ स्तरमा पुर्‍याउन तयार गरिएको कम्पनीले जनाएको छ ।

स्लिम र प्रिमियम डिजाइनमा तयार गरिएको HONOR 600 सिरिजले उत्कृष्ट इन-ह्यान्ड अनुभवसँगै आधुनिक जीवनशैलीका लागि शक्तिशाली प्रदर्शन प्रदान गर्ने बताइएको छ । HONOR 600 मा Snapdragon 7 Gen 4 (4nm) प्रोसेसर प्रयोग गरिएको छ, जसले द्रुत तथा प्रभावकारी मल्टिटास्किङ अनुभव दिन्छ । यसमा अपग्रेड गरिएको AI Image to Video 2.0 फिचर समावेश गरिएको छ, जसमार्फत प्रयोगकर्ताले आफ्ना तस्बिरलाई केवल ५ सेकेन्डमै AI द्वारा तयार गरिएको भिडियो कथामा परिवर्तन गर्न सक्छन् । यसले कन्टेन्ट सिर्जनालाई अझ सिर्जनात्मक र अन्तरक्रियात्मक बनाउने कम्पनीको दाबी छ ।

त्यसैगरी, HONOR 600 मा Moving Photo Eraser Tool र Ultra-Clear Night Mode पनि उपलब्ध छ, जसले कम प्रकाशमा खिचिएका तस्बिरलाई अझ स्पष्ट र विवरणयुक्त बनाउँछ । यसमा 7000mAh क्षमताको ठूलो ब्याट्री रहेको छ, जसले 80W Wired Fast Charging र 27W Reverse Wired Charging सपोर्ट गर्छ । त्यसैले यो स्मार्टफोन दिनभर सहज रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।

HONOR 600 दुई भेरियन्टमा उपलब्ध हुनेछ । 8GB + 256GB भेरियन्टको मूल्य रु. 84,999 र 12GB + 256GB भेरियन्टको मूल्य रु. 89,999 तोकिएको छ । HONOR 600 खरिद गर्ने ग्राहकहरूले रु. 15,999 मूल्य बराबरको HONOR Choice Watch 2 Pro निःशुल्क पाउनेछन् । साथै EFIX Protection Service Offer पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यसैगरी HONOR 600 Pro ले अझ उन्नत फ्ल्यागशिप अनुभव प्रदान गर्ने बताइएको छ । यसमा Snapdragon 8 Elite (3nm) प्रोसेसर प्रयोग गरिएको छ, जसले अल्ट्रा-फास्ट प्रदर्शन, उन्नत AI क्षमता र सहज प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्छ । HONOR 600 Pro मा पनि उन्नत AI Image to Video 2.0 फिचर समावेश गरिएको छ, जसले धेरै तस्बिर र टेक्स्ट प्रम्प्टलाई संयोजन गरी सिनेमाटिक AI भिडियो कथा तयार गर्न सक्षम बनाउँछ ।

फोटोग्राफीका सौखिन प्रयोगकर्ताका लागि HONOR 600 Pro मा शक्तिशाली फ्ल्यागशिप क्यामेरा सेटअप दिइएको छ, जसमा 200MP Main Camera with OIS, 50MP Telephoto Lens with 3.5x Optical Zoom र 12MP Ultrawide Camera समावेश छन् । यसले विभिन्न परिस्थितिमा उत्कृष्ट स्पष्टता, शक्तिशाली जुम र डायनामिक फोटोग्राफी अनुभव प्रदान गर्ने अनर नेपालले जानकारी दिएको छ ।

यसमा पनि 7000mAh क्षमताको ठूलो ब्याट्री रहेको छ, जसले 80W Wired Charging, 50W Wireless Charging तथा 27W Reverse Wired Charging सपोर्ट गर्छ । यसले दिनभरको भरपर्दो ब्याट्री र प्रिमियम चार्जिङ सुविधा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

HONOR 600 Pro को 12GB + 256GB भेरियन्टको मूल्य रु. 129,999 तोकिएको छ । HONOR 600 Pro खरिद गर्ने ग्राहकहरूले रु. 15,999 मूल्य बराबरको HONOR Choice Watch 2 Pro निःशुल्क प्राप्त गर्नेछन् । साथै रु. 10,999 मूल्य बराबरको HONOR Choice Clip Earbuds पनि निःशुल्क उपलब्ध गराइनेछ । ग्राहकहरूले EFIX Protection Service Offer समेत पाउने कम्पनीले जनाएको छ ।

लन्चको अवसरमा HONOR नेपालले सीमित अवधिका लागि विशेष अफरहरू पनि ल्याएको छ । HONOR 600 सिरिज नेपालभरका आधिकारिक HONOR रिटेल स्टोरहरूमा सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

थप जानकारीका लागि https://www.honor.com/np/, https://www.instagram.com/honor_nepal/ र https://www.facebook.com/honornepall मा हेर्न सकिनेछ । साथै [email protected] इमेल वा +977 9801150036 नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP