नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १७, २०८३ बागेश्वरी पोस्ट
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा आबद्ध कृषकहरूलाई ६० प्रतिशत लागत साझेदारी अनुदानमा करिब २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले १६ वटा आइपिएम कृषक पाठशालालाई कृषि सामग्री हस्तान्तरण गरेका हुन् । गाउँपालिकाले ६० प्रतिशत र कृषकले ४० प्रतिशत लागत साझेदारी गर्ने गरी आवश्यक कृषि सामग्री उपलब्ध गराइएको जनाएको छ ।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष विकले खजुरालाई अर्गानिक कृषि उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताए । उनले कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणलाई प्राथमिकतामा राख्दै बजारसम्म सहज पहुँच सुनिश्चित गर्न कृषि एम्बुलेन्स सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कृषि शाखा प्रमुख भगवती खड्का घर्ती मगरका अनुसार गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको हो । उनका अनुसार खजुरामा सञ्चालन भएका ६ वटा पुराना र ६ वटा नयाँ आइपिएम कृषक पाठशालामा चार महिने तालिम सञ्चालन गरिएको थियो । तालिम सम्पन्न गरेका कृषकलाई उत्पादन वृद्धि तथा व्यवसायिक खेती विस्तारका लागि कृषि सामग्री उपलब्ध गराइएको उनले जानकारी दिइन् । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले तालिमबाट सिकेका प्रविधिलाई व्यवहारमा लागू गर्न तथा कृषकलाई थप उत्पादनशील बनाउन कृषि सामग्री वितरण गरिएको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले उपलब्ध गराइएका कृषि सामग्रीको प्रभावकारी सदुपयोग गर्न कृषकहरूलाई आग्रह गरिन् । उनले कृषि उत्पादन वृद्धि, अर्गानिक खेती प्रवर्द्धन तथा उत्पादित वस्तुको बजारीकरणका लागि गाउँपालिकाले कृषकसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कृषि शाखाका अनुसार आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन) खेतीपातीमा रासायनिक विषादीको प्रयोगलाई शून्य वा न्यूनतम स्तरमा सीमित गर्दै वातावरणमैत्री र वैज्ञानिक ढंगले बाली संरक्षण गर्ने पद्धति हो । यसले माटोको उर्वराशक्ति संरक्षण गर्नुका साथै उपभोक्तालाई सुरक्षित तथा स्वास्थ्यकर खाद्यान्न उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने शाखाको भनाइ छ । गाउँपालिकाले खजुरालाई अर्गानिक कृषि उत्पादनको केन्द्र (अर्गानिक हब) बनाउने लक्ष्यसहित आइपिएम प्रविधिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्दै आएको जनाएको छ । अध्यक्ष विकका अनुसार विषादीरहित प्राङ्गारिक खेतीको विस्तारले माटोको गुणस्तर सुधार्नुका साथै उपभोक्तालाई विषादीयुक्त खाद्यान्नबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ । उनले अर्गानिक कृषि उत्पादनको बजारमा उच्च माग र राम्रो मूल्य रहेकाले यसबाट खजुराका कृषकको आम्दानी वृद्धि भई आर्थिक जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP