नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १९, २०८३ बागेश्वरी पोस्ट
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी

नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन एवं समन्वयमा ‘सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई प्रदान गरिएका छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिपछि सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको समेत केसीले जवाफ दिएका थिए । केसीले आर्थिक विधेयक २०८३ ले अहिलेसम्मकै बढी छुट र सहुलियत प्रदान गरेको जानकारी गराउँदै करदातालाई राजश्व कार्यालयमा सम्पर्क गरी मौकाको फाइदा लिन आग्रह गरे । त्यसका लागि आवश्यक सूचना नागरिकसमक्ष प्रवाह गरिदिन उनले संचारकर्मीलाई आग्रह समेत गरे । 

कार्यालयका प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख कर अधिकृत न्यौपाने र नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले मन्तव्य व्यक्त गरेका थिए ।  प्रमुख कर अधिकृत न्यौपानेले कर प्रणालीलाई पारदर्शी, सरल र सेवामैत्री बनाउन आन्तरिक राजस्व कार्यालय निरन्तर प्रयासरत रहेको बताए । उनले सही र तथ्यपरक कर सूचना नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कर सम्बन्धी भ्रम चिर्न र कर सचेतना अभिवृद्धि गर्न पत्रकारसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया निकै उपयोगी भएको बताए । उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पुर्‍याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । साथै, गिरीले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

गत वर्ष पनि आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पत्रकार महासंघसंग समन्वय गरी कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो


प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  २०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP