Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २६, २०८३ बागेश्वरी पोस्ट
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम

नेपालगञ्ज । वादी समुदायका महिलालाई सीप, स्वरोजगार र आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको १५ दिने मागमा आधारित डलकुशन निर्माण तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा नेपालगञ्जमा सम्पन्न तालिम समापन कार्यक्रममा कार्यालयका वरिष्ठ अधिकृत पुष्कर सिंह ठकुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य सुशिला नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य नेपालीले वादी समुदायलाई परम्परागत पेशामा मात्र सीमित नराखी सीप, उद्यमशीलता र आर्थिक आत्मनिर्भरतासँग जोड्नु आजको आवश्यकता भएको बताइन् । उनले सीपमूलक तालिमले समुदायका महिलामा आत्मविश्वास बढाउनुका साथै आफ्नै गाउँ–समाजमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । 

उनले लुम्बिनी प्रदेशले सीप विकास, उद्यम प्रवर्द्धन र आयआर्जनका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै वादी समुदायका लागि आवश्यक बजेट विनियोजन गर्न आफूले विशेष पहल गरेको बताइन् । तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारेर सफल उद्यमी बन्न प्रशिक्षार्थीलाई आग्रह गर्दै आवश्यक परे आगामी दिनमा पनि सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमका अध्यक्ष ठकुरीले मागमा आधारित तालिमले रोजगारी र उद्यम विकासमा योगदान पुग्ने बताए । सीप सिकेर मात्र नभई त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सके आर्थिक अवस्था सुधार हुने उल्लेख गर्दै कार्यालयले आगामी दिनमा पनि लक्षित समुदायका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सीपमूलक तालिमलाई उत्पादन र बजारसँग जोड्न सके मात्र यसको वास्तविक उपलब्धि देखिने बताए । उनले तालिमपछि उत्पादित सामग्रीको बजारीकरण, ब्रान्डिङ र प्रचारप्रसारमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा राख्दै सञ्चार माध्यमले स्थानीय उत्पादनको प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने बताए । 

कमिट नेपालका महासचिव प्रकाश नेपालीले वादी समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि सरकारी निकाय, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । उनले तालिमबाट प्राप्त सीपलाई दिगो आम्दानीको स्रोत बनाउन सबै पक्षको निरन्तर साथ र सहयोग आवश्यक पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा तालिमका प्रशिक्षक देवी पुन र सिर्जना नेपाली, प्रशिक्षार्थी शान्ता नेपालीले पनि बोलेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य नेपालीले तालिम सफलतापूर्वक सम्पन्न प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेकी उद्यम विकास सहजकर्ता मीना पाण्डेका अनुसार तालिममा वादी समुदायका २० जना प्रशिक्षार्थी सहभागी थिए । प्रदेश सभा सदस्य नेपालीको पहलमा लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत उक्त तालिम सञ्चालन गरिएको हो ।


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP