Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ १८, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु

नेपालगञ्ज । नेपालगञ्जमा किशोरकिशोरी तथा युवाको सीप, क्षमता र भविष्यका लागि तयारीमा केन्द्रित ‘अपलिफ्ट’ परियोजना (UPLIFT PROJECT) सुरु भएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च बाँके (SDF) ले परियोजना सञ्चालन गर्न लागेको हो ।

परियोजनाबारे सरोकारवालालाई जानकारी गराउने उद्देश्यले बिहीबार नेपालगञ्जमा परिचयात्मक बैठक आयोजना गरिएको थियो । बैठकमा परियोजनाका उद्देश्य, लक्षित समूह, सञ्चालन हुने क्षेत्र, प्रमुख गतिविधि तथा अपेक्षित उपलब्धिबारे जानकारी गराइएको थियो ।

परियोजना संयोजक राम श्रेष्ठका अनुसार सिकाइ, नवप्रवर्तन, भविष्यका लागि तयारी तथा प्राविधिक रूपान्तरणमार्फत युवाको उत्थान गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको हो । परियोजना नेपालगञ्ज उपमहानगरपालिकाका ६ वटा वडामा सञ्चालन हुनेछ ।

श्रेष्ठका अनुसार परियोजनाका लागि नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर २, ८, १२, १३, २१ र २२ छनोट भएका छन् । साढे दुई वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत १६ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरी तथा युवासँग विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।

परियोजनाले युवामा सिकाइ तथा सीप विकाससँगै नवप्रवर्तन, प्रविधिको प्रयोग र भविष्यका अवसरका लागि आवश्यक तयारीमा सहयोग गर्ने लक्ष्य लिएको छ । परिचयात्मक बैठकमा परियोजनाका आगामी गतिविधि तथा कार्यान्वयन प्रक्रियाबारे समेत जानकारी गराइएको थियो ।

सरोकारवालाको सहभागितामा सम्पन्न बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, सामाजिक विकास मञ्चका अध्यक्ष चम्प सिंह थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 
प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP