prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले फेसबुकमा राखिने बिज्ञापनको आधिकारिकता खोज्ने
सरकारले फेसबुकमा राखिने बिज्ञापनको आधिकारिकता खोज्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १०, २०७६ बागेश्वरी पोस्ट
सरकारले फेसबुकमा राखिने बिज्ञापनको आधिकारिकता खोज्ने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, भाइबर)बाट गरिने विज्ञापनको समेत आधिकारिकता खोज्ने भएको छ । यससम्बन्धी ब्यवस्था गर्न बनेको विज्ञापन नियमन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ ।

विधेयकको दफा १२ मा विद्युतीय अनलाइन, सामाजिक सन्जाल, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभई विज्ञापन गर्न नहुने व्यवस्था छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कुनै पनि सामाजिक सञ्जालमा हुने विज्ञापनको आधिकारिता विज्ञापन बोर्डले खोज्नेछ ।

सरकारी निकायलाई आफुखुसी विज्ञापन गर्न बन्देज

यो विधेयकले सरकारी निकायलाई आफुखुसी विज्ञापन गर्न बन्देज लगाएको छ ।हाल सबै सरकारी निकायले आफुखुसी विज्ञापन गर्दै आएका छन् । अब भने सरकारी निकायले विज्ञापन गर्दा बोर्डमार्फत गर्नुपर्ने हुन्छ । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङकाअनुसार विज्ञापनमा एकद्वार प्रणाली लागू गर्दा ठूला सञ्चारगृहले मात्रै लोककल्याणकारी विज्ञापन पाउने गरेको भन्ने साना सञ्चार गृहको गुनासो संबोधन गर्न मद्दत पुग्नेछ । विधेयकअनुसार संघमा सात सदस्यीय र प्रदेशमा छ सदस्यीय विज्ञापन बोर्ड गठन हुनेछ ।

केन्द्रीय स्तरका सरकारी निकायले केन्द्रीय विज्ञापन बोर्डमार्फत र प्रदेश स्तरका सरकारी कार्यालयले प्रदेश विज्ञापन बोर्डमार्फत विज्ञापन गर्नुपर्ने हुन्छ । विज्ञापन बोर्डमा एक जना अध्यक्ष र ६ जना सदस्य रहनेछन् । अध्यक्षको नियुक्त सरकारले गर्नेछ । बोर्ड सदस्यहरुमा सञ्चार मन्त्रालयका सहसचिव, विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संस्थामध्येबाट सञ्चार मन्त्रालयले मनोनयन गर्ने एक जना, आमसञ्चार क्षेत्रमा दश बर्षको अनुभव भएका व्यक्तिमध्येबाट मन्त्रालयले मनोनयन गर्ने एक जना महिलासहित ३ जना रहनेछन् ।

सदस्य सचिवको जिम्मेवारी बोर्डका वरिष्ठतम कर्मचारीले पाउनेछ । विधेयकमा विज्ञापन एजेन्सीहरु पनि बोर्डले तोकेअनुसार विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्ने ब्यवस्था छ । ऐन विपरीत कसैले विज्ञापन गरेको पाइएमा बोर्ड वा स्थानीय तहमा उजुरी गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ । सजाय हुने कसुरसम्बन्धी शुरु कारबाही र किनारा गर्ने अधिकार भने सम्बन्धित जिल्ला अदालत र स्थानीय तहलाई दिइएको छ ।

स्थानीय तहलाई पनि जिम्मेजारी

स्थानीय तहबाट अनुमति लिएर गरिने विज्ञापन कानुनसम्मत रहेकोरनरहेको हेर्ने र दण्डित गर्ने जिम्मेवारी स्थनीय तहलाई दिइएको छ। यस ऐन विपरीत विज्ञापन गर्नेलाई एक लाखसम्म जरिवाना हुनेछ । स्थानीय तहका न्यायिक समिति उपप्रमुखको नेतृत्वमा छन् । यो समितिलाई स्थानीय स्तरको विज्ञापन सम्बन्धी कसुर हेर्ने र कानुन मिच्नेलाई १ लाखसम्मको जरिवाना गर्न सक्ने अधिकार दिइएको छ ।

क्लिन फिड लागू

विधेयक राजपत्रमा प्रकशित भएलगतै विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित प्रशारण गर्नुपर्ने हुन्छ । हाल विज्ञापनसहित प्रशारण भइरहेका विदेशी टेलिभिजनहरुको हकमा भने अबको एक बर्षभित्र क्लिन फिडमा जान सक्नेगरी कानुनी ब्यवस्था गरिएको छ । क्लिन फिडसम्बन्धी नियम नेपालमा पहिलो पटक अभ्यासमा आउन लागेको हो। यसअघि सरकारले १ साउन २०७४ बाटै क्लिन फिड लागू गर्न खोजेको थियो ।

यसका लागि सरकारले २०७३ सालमा स्वदेशी टेलिभिजन तथा विज्ञापन एजेन्सीलाई प्रोत्साहित गर्ने भन्दै क्लिन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको थियो । तर, केबल व्यवसायीको विरोधपछि सरकारले उक्त नीति पारित भएको तीन बर्षसम्म क्लिन फिड लागू गर्न सकिरहेको थिएन । क्लिन फिड लागू भएपछि नेपालमा प्रशारण हुने टेलिभिजनमा विदेशी भाषाको विज्ञापन समेत प्रशारण हुने छैन । यसले नेपाली विज्ञापन बजार समेत विस्तार हुने अपेक्षा गरिएको छ।अनलाइनखबरबाट साभार।


प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'संविधान दिवसः ब्यवसायिक चुनौती र अबको बाटो' विषयक कार्यक्रम सम्पन्न
'संविधान दिवसः ब्यवसायिक चुनौती र अबको बाटो' विषयक कार्यक्रम सम्पन्न
'पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वय र सहकार्य आवश्यक'
'पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वय र सहकार्य आवश्यक'
गुरुकुल सहकारीको खुद बचत ९ लाख
गुरुकुल सहकारीको खुद बचत ९ लाख
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP