prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शिक्षा क्षेत्रमा निर्वाचनमा गरिएका बाचा पुरा गर्दछौंः अध्यक्ष यादव
शिक्षा क्षेत्रमा निर्वाचनमा गरिएका बाचा पुरा गर्दछौंः अध्यक्ष यादव
banijya office
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १९, २०७७ बागेश्वरी पोस्ट
शिक्षा क्षेत्रमा निर्वाचनमा गरिएका बाचा पुरा गर्दछौंः अध्यक्ष यादव

नेपालगञ्ज । जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले शिक्षा क्षेत्रमा निर्वाचनमा गरेका बाचा पुरा हुँनै लागेको बताउनु भएको छ । अध्यक्ष यादवले गाउँपालिकाको वडा नं. १ मा शिवपुरी माध्यामिक विद्यालयको दुई कोठे भवनको बुधबार उद्दघाटन गर्दै सो कुरा बताउनु भएको हो ।

nepalgunj 081-082

गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नंं. १, ३ र ५ मा दुई कोठे भवन निर्माण भएका छन् । अध्यक्ष यादवले गाउँपालिका भित्रका सबै वडामा माध्यामिक तहको अध्ययन गर्नका लागि भौतिक पूर्वाधार र शिक्षण सहयोगका लागि आवश्यक सहयोग गरिएको बताउनु भएको छ । गाउँपालिकाले शिवपुरी माध्यामिक विद्यालयको दुई कोठे भवन निर्माणका लागि १४ लाख ५० लाख आर्थिक सहयोग गरेको थियो । अध्यक्ष यादवले शिवपुरी माध्यामिक विद्यालयलाई कक्षा १० मात्रै हैन कक्षा १२ सम्म संचालनका लागि स्थानीयबासीको मागका आधारमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले यस वर्ष पनि शिवपुरी माध्यामिक विद्यालयको पर्खाल निर्माणका लागि ५ लाख सहयोग गरिएको र आवश्यकताका आधारमा अन्य सहयोग पनि गर्न सकिने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत रानाले भौतिक पूर्वाधार निर्माणमासँगै शैक्षिक गुस्तरपनि सोही अनुसारको बृद्धि गराउन विद्यालय परिवारलाई अनुरोध गर्नु भयो ।

नेकपाका नेता तथा शिवपुरी माध्यामिक विद्यालयका व्यवस्थापन समिति पूर्व अध्यक्ष इन्द्रबहादुर थापाले आफ्ना पूर्वजले २०३० सालमा स्थापना गरेको विद्यालय माध्यामिक तहसम्म हुँदा आफु सुसी भएको बताउनुभयो ।

नेकपाका जानकी गाउँपालिका इन्चार्ज डिल्ली बि.सी. आफ्नो पार्टी नेकपाको नेतृत्व रहेको स्थानीय सरकारले निर्वाचनमा गरेका बाचा पुरा गर्दै गरेकोमा जनप्रतिनिधिहरुलाई धन्यवाद दिनु भयो । उहाँले पालिका भित्रका सबै नागरिक उच्चशिक्षा पालिका भित्र आर्जन गर्ने नीति पार्टीले लिएको बताउनु भयो । अध्यक्ष यावदको नेतृत्वको गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिने गरी गरेको परिर्वतनमा पार्टीका सबै नेता कार्यकर्ताको सहयोग रहने बताउनु भयो ।

विद्यालय प्रधानाध्यापक द्रोण थापाले भवन निर्माणका लागि भएको लागत खर्च, प्रक्रिया सहित विद्यालयको आगमी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष समेत रहनु भएका थापाले जानकी गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. २, ४ र ६ मा मात्रै कक्षा १० सम्मको अध्ययन अध्यापन हुँदै आएकोमा यस वर्ष देखि वडा नंं. १, ३ र ५ मा दुई कोठे भवन निर्माण गरी आधारभुत विद्यालयलाई स्तरबृद्धि गरी कक्षा ९ संचालनमा ल्याइने बताउनु भयो ।

कार्यक्रममा राप्रपाका नेता श्याम थापा, गाउँपालिका शिक्षा शाखा प्रमुख, कार्यपालिका सदस्य राजकुमार धोवी, गाउँपालिकाका प्रवक्ता टीकाराम सुनार र विद्यालयका अभिभावक, शिक्षकको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १८:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP