नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको साधारणसभा सम्पन्न
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको साधारणसभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ९, २०७७ बागेश्वरी पोस्ट
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको साधारणसभा सम्पन्न

नेपालगन्ज । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आफ्नो आठौं स्थापना दिवस तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले यस वर्ष फरक तरिकाले दिवस तथा सभा मनाएको छ ।

सभाको उद्घाटन सत्र भेरी अस्पताल परिसरभित्र सञ्चालित अञ्जनी माता रसोईमा गरिएको छ । उक्त रसोईमा दैनिक करिब तीन सय जनाले २० रुपैयाँमा खाना खाने गर्दछन् । परोपकारी कार्यलाई प्रबद्र्धन गर्न र अस्पतालका गरिब असहाय विरामी तथा मजदुरलाई पेटभरि खाना खुवाउने कार्यलाई दीर्घकालिन बनाउन संस्थाले होटेल रेष्टुरेन्टमा तिर्ने रकम रसोईलाई उपलब्ध गराएको छ । संस्थाले सात हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि नेपालगन्जका मेयर डा. धवलशम्सेर राणाले सूचनाको हक र सुशासनका क्षेत्रमा काम गर्ने संस्थाको रुपमा पहिचान कमाएको भन्दै नागरिक अगुवाई गर्ने संस्थागत विकास भएको बताउनुभयो । उहाँले परोपकारी कार्यलाई थप उत्प्रेरित र हौसला प्रदान गर्ने किसिमको कार्यको शुरुवात निकै सराहनीय भएको भन्दै आगामी दिनहरुमा यस्ता सामाजिक संस्थाले यसैगरी आप्mनो अभियान सफल गरेमा सेवाको विकासमा मद्दत पुग्ने बताउनुभयो ।

मधेशी आयोगका सदस्य विजय गुप्ताले छोटो समयमा संस्थाले संचालन गरेको विभिन्न नागरिक अभियान सफल रुपमा उपलब्धिपूर्ण भएकाले नागरिकहरुको नेतृत्व गर्ने एक सक्षम संस्थाको रुपमा आप्mनो पहिचान बनाइसकेको भन्दै प्रशंसा गर्नुभयो । पुर्व सभासद् मोहम्मदी सिद्दिकीले संबिधानले मौलिक हकको रुपमा व्यवस्था गरेको नागरिकसंग प्रत्यक्ष जोडिएका अधिकारहरुको कार्यान्वयन गर्नमा सशक्त अवाज उठाएको बताउनुभयो ।

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उच्च अदालत बार एशोशिएसन नेपालगन्जका अध्यक्ष विकास आचार्य, पूर्ब अध्यक्ष बलबहादुर चन्द, भेरी चिकित्सक संघका अध्यक्ष डा. विनोद कर्ण, लायन्स घनश्याम बैश्य, पत्रकार विजय बर्मा, अधिकारकर्मी आलम खान लगायतले शुभकामना दिनुभएको थियो । त्यस अवसरमा संस्थाको वर्षभरिको कार्य प्रगतिसहितको प्रतिबेदन संस्थाका सचिव रजनी खनालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम पश्चात् रसोईमा सामुहिक भोजन गरिएको थियो ।

संस्थाको बन्दसत्रले सभामा प्रस्तुत भएको प्रगति तथा आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ । यसैगरी सभामा संस्थाले निर्माण गरेको ३ वटा नयाँ नीति निर्देशिका र दुई नीतिलाई संशोधन र वार्षिकरुपमा समिक्षा गरिएको रणनीतिक कार्ययोजनालाई समेत अनुमोदन गरेको छ । सभाले संस्थाले सञ्चालन गरेको कार्यक्रमको समिक्षा, चुनौती र समस्याको व्यवस्थापन तथा आगामी वर्षको रणनीति निर्माण गरेको छ ।

यसैवीच संस्थाको स्थापना दिवसका अवसरमा नेपालगन्जका बलात्कृत एक बालिकाको परिवारको आर्थिक अवस्था दयनीय भएकाले उक्त परिवारलाई पाँच हजार आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थाले दिवसको अवसरमा शनिबार हनुमानगढी गौशालामा बृक्षारोपण गरेको थियो ।


प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP