prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई हटाएर यसरी बन्न सक्छ देउवा नेतृत्वको सरकार...
ओलीलाई हटाएर यसरी बन्न सक्छ देउवा नेतृत्वको सरकार...
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २१, २०७८ बागेश्वरी पोस्ट
ओलीलाई हटाएर यसरी बन्न सक्छ देउवा नेतृत्वको सरकार...

नेपालगन्ज ।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते सांसदबाट विश्वासको मत लिने निर्णय गरेपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी उपेन्द्र–बाबुराम खेमालाई नयाँ सरकार बनाउने अवसर आएको छ ।

paribartan 1

एमालेको आन्तरिक विवाद नसुल्झेको र एमाले एक ढिक्का नभएको अवस्थामा प्रमुख प्रतिपक्षीलाई बहुमत जुटाएर नयाँ सरकार बनाउने र आम निर्वाचन गराउने अवसर आएको हो । तर यो अवसर सहजै भने प्राप्त हुनेवाला छैन । एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेर एमाले सांसदले ओली सरकार जसरी पनि ढाल्ने सङ्कल्प गर्दै फ्लोर क्रस गर्ने वा त्यसभन्दा अघि नै केही सांसदहरूले राजीनामा दिने वा संसद्मा अनुपस्थित रहने अवस्था आए मात्रै नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नेछ। 

खास गरी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरू संसद्मा उपस्थित भएनन् भने वा संसद्मा फ्लोर क्रस गरेको अवस्थामा ओली सरकार ढल्नेछ । संसद्मा उपस्थित नभए वा फ्लोर क्रस भए ओलीले उनीहरूलाई पार्टीबाट निष्कासन गरेर हटाउनेछन् । साथै ओलीले नेपाल समूहलाई कुनै पनि तरिकाले रेस्पोन्स नगर्ने हो भने उनीहरूले सामूहिक राजीनामा दिए मात्रै नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ देखिन्छ । 

ओलीले नेपाल पक्षलाई रेस्पोन्स नगर्ने बरु एकल रूपमा डिल गर्ने नीति लिए पनि नेपाल पक्षका करिब प्रत्यक्ष निर्वाचित २२ सांसदले ओलीलाई साथ दिने अवस्था छैन । हिजोको दिनमा ओलीको पेलाइ खाएका उनीहरूले सहजै ओलीलाई साथ नदिने भएपछि ओली सरकारका लागि विश्वासको मत आफ्नैबाट फलामको च्यूरा साबित हुनेछ । 

खास गरी ओली पक्षले नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेर बसेको छ । आफूलाई विश्वासको मत नदिने भए तुरुन्तै निलम्बन गर्ने वा समानुपातिकमा रहेकाहरूलाई हटाउनलागि ओलीले स्पष्टीकरण सोधेर राखेका हुन् । नेपाल पक्षसँग अहिले नै पनि प्रत्यक्ष निर्वाचित २२ जना सांसद रहेकाले उनीहरू बाहिर रहँदा नयाँ सरकार बन्ने बाटो खुल्नेछ ।

 नेपाल पक्षसँग रहेका समानुपातिक बाहेकका प्रत्यक्ष सांसदहरूले नै सामूहिक राजीनामा दिने मनस्थिति बनाए वा उनीहरू बाहिर रहेको अवस्थामा ओली सरकार ढल्नेछ । नेपालसहित झलनाथ खनाल, विरोध खतिवडा, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम रावल, पवित्रा निरौला खरेल,  भवानी खापुङ, जयकुमार राई, गणेश पहाडी, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, हिराचन्द्र केसी, झपट रावल, दीपकप्रकाश भट्ट, राजबहादुर बुढा, सुरेन्द्र पाण्डे सहित २२ जना रहेका छन् । 

कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबाबु पण्डित, गोपाल बम लगायतका केही सांसदले नेपालको साथ छाडेका छन् । नेपालसँग भएका २२ निर्वाचित सांसद बाहिर रहे भने ओलीले नेपाल पक्षमा रहेका रामकुमारी झाँक्री, गङ्गा सत्गैया चौधरी, कतिला खातुन, विना बुढाथोकीलगायतका केही समानुपातिक सांसदलाई हटाएर आफ्ना पक्षका नयाँ सांसद ल्याए पनि उनीसँग ९९ जना मात्रै हुन्छन् । 

त्यसो हुँदा जसपाको महन्थ ठाकुर पक्षले १५ जना र नेमकिपाको एक सांसदको साथ ओलीलाई दिए पनि उनीसँग १ सय १५ जना मात्रै हुनेछन् । यता काँग्रेससँग ६०, माओवादीसँग रहेको ४९ र उपेन्द्र– बाबुराम खेमाको जसपा सँग १६ जना सांसद हुनेछन् । त्यस्तै राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र १ र राप्रपा १ गरी तीन सांसद पनि ओलीको विपक्षमा हुनेछन्।

 यो सबै सङ्ख्या जोड्ने हो भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १ सय १७ सङ्ख्याले बहुमतको सरकार बनाउनेछन् । तर एमालेलाई ओलीले मिलाउने प्रयास गरेमा फेरी पनि ओली नेतृत्वको सरकार रहने र आगामी निर्वाचन पनि ओलीले नै गराउनेछन् । 

फागुन २८ गते ओलीले आफ्ना समूहको केन्द्रीय कमिटीको बैठक राखेर नेपाल–खनाल समूहका सबै सदस्यको जिम्मेवारी खोसेपछि उत्कर्षमा पुगेको विवादले पार्टी विभाजनको अवस्थामा पुगेकाले ओलीलाई अप्ठ्यारोमा पारेको छ । पार्टी मिलाउने हो भने फागुन २८मा भएको निर्णय पूर्णता सच्याउनु पर्ने नेपाल–खनाल पक्षको बटम लाइन रहेको छ।हाम्राकुराबाट।


प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP