prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मध्यरातमा मदिरा र पैसा बोकेको एमाले उम्मेदवारको गाडी स्थानीयद्वारा नियन्त्रण
मध्यरातमा मदिरा र पैसा बोकेको एमाले उम्मेदवारको गाडी स्थानीयद्वारा नियन्त्रण
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २९, २०७९ बागेश्वरी पोस्ट
मध्यरातमा मदिरा र पैसा बोकेको एमाले उम्मेदवारको गाडी स्थानीयद्वारा नियन्त्रण

नेपालगन्ज ।मौन अवधिमा आचारसंहिता विपरीत कार्य गरेका नेकपा एमालेका उम्मेदवारको गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् । मध्यरातमा मदिरा र पैसासहित गाउँपालिका अध्यक्षका उम्मेदवारको गाडि स्थानीयले नियन्त्रणमा लिएका हुन् । नेकपा एमालेबाट गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको उम्मेदवार बनेका कृष्ण बहादुर भुसालको गाडी मदिरा र पैसासहित मध्यरातमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । 

nepalgunj 081-082

उम्मेदवार भुसालले प्रयोग गर्ने बा१५च १३२९ र प्र-३-०१०२३च ७९३० नम्बरको गाडी गुल्मीदरबार वडा नं ६ हटियामा रातीको ३ बजे स्थानीयले मदिरा, पैसा र रडहरूसहित नियन्त्रणमा लिएका थिए  । बा१५च को सवारी अध्यक्षका उम्मेदवार भुसाल र प्र-३-०१-०२३च७९३० नम्बरको सवारी निर्वाचन प्रतिनिधि राज शाहीले प्रयोग गरिरहेका छन् । 

अध्यक्षका उम्मेदवार भुसालको निर्देशनमा रातीको समयमा वडा नं  ५ को भरुवा भन्ने स्थानमा निर्वाचन आचारसंहिता विपरीत भोज भतेर गराएका थिए । विपन्न नागरिकहरूलाई प्रलोभनमा पार्न रकम वितरण गरेका थिए । भने वडा नं ६ मा रकम बाँड्न र मतदाताहरूलाई प्रलोभनमा पारी निर्वाचनलाई प्रभाव पार्नको लागि आएको खबर पाएपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरी चौकीको जिम्मा लगाएका हुन् । सवारीमा मदिरा सेवन गरी होहल्ला र झगडा गर्न खोज्ने युवासंघ गुल्मीदरबारका अध्यक्ष वीरबहादुर कार्की, अध्यक्षका उम्मेदवार कृष्ण बहादुर भुसालको चालक विवश ठकुरी र लडन हिँडेका कार्यकर्ताहरू पवन ठकुरी विकल्प ठकुरी समेतलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मामा लगाएका छन् । 

नेपाली कांग्रेसका गुल्मीदरबारका सभापति प्रेमबहादुर पुनले नेकपा एमालेका उम्मेदवार भुसालले आफूले हार्ने निश्चित भएपछि निर्वाचन आचारसंहिता र निर्वाचनको मौन अवधिको उल्लङ्घन गर्दै विपन्न नागरिकहरूलाई प्रभावमा पार्न रातको समयमा रकम बाँड्न र भोजभतेर गराउन आफ्नो सवारी साधन र कार्यकर्ताहरू परिचालन गरी निर्वाचनको आचारसंहिताको धज्जी उडाएको बताए । उनले कडा भन्दा कडा कानुनी कारबाही गरी स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गर्न गराउन स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । 

त्यस्तै नेपाली कांग्रेस गुल्मीदरबार गाउँपालिकाका अध्यक्षका उम्मेदवार सरोज थापा र उपाध्यक्ष पदका तारा थापाले आम मतदाताहरूले स्वच्छ रूपमा आफूले रोजेको जनप्रतिनिधिलाई निर्बाध, शान्तिपूर्ण र भयरहित वातावरणमा मत हाल्न पाउने नैसर्गिक अधिकारलाई हारको मानसिकता बोकी राती राती निर्वाचनको वातावरणलाई असर पर्ने खालका क्रियाकलापलाई तुरुन्त बन्द गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनलाई अनुरोध गरेका छन् । 

यस भन्दा अघि पनि गुल्मीदरबार गाउँपालिका वडा न ३ मा निर्वाचन प्रचार प्रसारको क्रममा उपसभापति कमानसिंह पुवारे माथि हातपात समेत भएको थियो । गुल्मीदरबार गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक मतसहित विजय हासिल गरेको थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०९:०८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP