नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • महेन्द्र बहुमुखीको छात्राबासलाई पूर्णता दिन नगर प्रमुख विष्टको अग्रसरता
महेन्द्र बहुमुखीको छात्राबासलाई पूर्णता दिन नगर प्रमुख विष्टको अग्रसरता
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन १२, २०७९ बागेश्वरी पोस्ट
महेन्द्र बहुमुखीको छात्राबासलाई पूर्णता दिन नगर प्रमुख विष्टको अग्रसरता

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको अलपत्र अवस्थामा रहेको छात्राबासलाई पूर्णता दिनका लागि पहल अघि बढाएका छन् ।  

नगर प्रमुख विष्टको पहल र समन्वयमा भारतीय राजदुताबासका शाखा अधिकृत चन्द्र प्रकाश नेतृत्वको टोलीले आज अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको स्थलगत अनुगमन गरी जानकारी लिएको छ । सो अवसरमा भारतीय दुताबासका शाखा अधिकृत चन्द्र प्रकाशले दुताबासको सहयोग भएपनि भवन निर्माण कार्य अलपत्र परेकोमा भारत सरकार दुःखित भएको बताए ।

No description available.

निर्माण ब्यवसायीको कमजोरीका कारण डिग्री भवन र छात्राबास भवन अलपत्र भएको भन्दै उनले छात्राबासको पूर्णताका लागि पुनः लागत स्टिमेट तयार गरी दुताबासको सम्पर्कमा आउनु आग्रह गरे । सो अवसरमा नगर प्रमुख विष्टले अधुरो रहेको डिग्री भवन उपमहानगरपालिकाको आर्थिक सहयोगमा पूर्णता दिइएको जानकारी दिए । छात्राबासँगै क्याम्पसका बर्षौ पुराना भवन निर्माणमा सहयोग गर्न नगर प्रमुख विष्टले भारतीय दुताबासलाई आग्रह गरे ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख लालमणि आचार्यले  क्याम्पसमा रहेका जीर्ण भवन निर्माण तथा छात्राबासलाई पूर्णता दिनका लागि नेपालगञ्ज उपमहानगरपालिका र भारतीय दुताबास समक्ष माग गरिएको जानकारी दिए ।

नगर प्रमुख विष्ट क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको उपसभापति रहेको अवस्थामा भारतीय दुताबास समक्ष छात्राबास र डिग्री भवन निर्माणका लागि प्रस्तावना माग गरिएको थियो । विष्टले आफूले उच्च शिक्षा अध्ययन गरेको र राजनीतिको सुरुवात गरेको क्याम्पस भएका कारण महेन्द्र बहुमुुखी क्याम्पसको भौतिक र शैक्षिक सुधारका लागि सक्दो प्रयत्न गर्ने प्रतिवद्धता ब्यक्त गरे । 
 


प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP