नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेता दीपक गिरी दाङ-३ बाट सिफारिस
कांग्रेस नेता दीपक गिरी दाङ-३ बाट सिफारिस
RSG-2
केन्द्रीय सदस्य गेहेन्द्र गिरी समानुपातिकतर्फ
बागेश्वरी पोस्ट
शनिबार, भदौ १८, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस नेता दीपक गिरी दाङ-३ बाट सिफारिस

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरी दाङ-३ बाट सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संघतर्फ प्रत्यक्ष  उम्मेदवार बनाउन केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री समेत रहेका गिरीलाई प्रतिनिधिसभा क्षेत्र नम्बर ३ ले जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो ।

जिल्लाले रायसहित प्रदेश कार्यसमिति र प्रदेशले केन्द्रलाई नाम बुझाउनेछ । गिरीसंगै कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, विजुल विश्वकर्मा, मदन रसिक र राजेन्द्र धितालको नाम सिफारिस गरेको छ । गिरी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसीसंग पराजित भएका थिए । उनी २०७० मा भने त्यसै क्षेत्र (तत्कालीन क्षेत्र नम्बर ५) बाट निर्वाचित भई सिंचाई मन्त्री समेत भएका थिए । 

यस्तै समानुपातिकतर्फ केन्द्रीय सदस्य गेहेन्द्र गिरी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, निवर्तमान पार्टी सभापति किर्तीबहादुर खड्का, घनश्याम सुनार, देविका नेपाली घिमिरे र चुर्णबहादुर चौधरीलाई सिफारिस गरिएको छ । 

३ (क) बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको सभापति देवेन्द्र रिजालले बताए । 

प्रत्यक्षतर्फ डिल्लीबहादुर चौधरी, शंकर गिरी, देवेन्द्र रिजाल, टोपबहादुर केसी, किरण शाह, डा.नहकुल केसी, युवराज खड्का र एकराज आचार्यको नाम सिफारिस गरिएको छ । चौधरी लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय मन्त्री हुन् भने गिरी लुम्बिनी प्रदेशका सांसद हुन् । 

यस्तै समानुपातिकमा पुरुषतर्फ जोगेन्द्र विश्वकर्मा, कृष्णकुमार गिरी, ऋषिराज लहरे ९अरुण०, प्रदिप खड्का, टेकबहादुर वली, चेतबहादुर सेर्पाइली, सुरेन्द्रबहादुर खड्का, अर्जुन गिरी, मदनराज धिताल, लिलाधर लम्साल, देवीप्रसाद हलवाई र दलबहादुर विक सिफारिसमा परेका छन् । 

समानुपातिक महिलातर्फ शुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मी छन् ।

यस्तै दाङ ३ (ख) बाट जिल्ला सभापति शंकरप्रसाद डाँगीसहित ८ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । केशवराज आचार्य, टिकाराम घर्ती, खिमप्रसाद खराल, होमप्रकाश गौतम, सुवोध डाँगी र चुडामणि ढकाल सिफारिसमा परेको प्रदेश क्षेत्रीय सभापति खिमबहादुर वलीले बताए । आचार्य २०७४ को उपनिर्वाचनमा ३ (ख) बाट निर्वाचन लडेका थिए । बाम गठबन्धनकी उम्मेदवार विमला वलीसंग उनी पराजित भएका थिए । 

समानुपातिक पुरुषतर्फ क्षेत्रीय सभापति जगतबहादुर खड्का, महादेव शाह, भरत केसी र मधु चौधरी तथा महिलातर्फ मिथिला शाह, पद्मा चौधरी, पार्वती पुन, कुन्ती डिसी भण्डारी र तारा भण्डारीलाई सिफारिस गरिएको वलीले जानकारी दिए । 


प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP