नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कोहलपुर नगरपालिकाले बेरुजु फर्छ्यौट गर्न ३ सय १४ जनालाई पत्र काट्यो
कोहलपुर नगरपालिकाले बेरुजु फर्छ्यौट गर्न ३ सय १४ जनालाई पत्र काट्यो
banijya office RSG-2
गौरब गिरी
शनिबार, साउन २०, २०८० गौरब गिरी
कोहलपुर नगरपालिकाले  बेरुजु फर्छ्यौट गर्न ३ सय १४ जनालाई पत्र काट्यो

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाले बेरुजु फर्छ्यौट गर्न ३ सय १४ जनालाई पत्र काटेको छ । नगरपालिका स्थापना भएदेखि गत आर्थिक वर्ष २०७९-८० सम्म असुलउपर गर्नुपर्ने बेरुजु फर्छ्यौटको लागि पदाधिकारी, निर्माण व्यवसायी, व्यापारी, विद्यालय, गैरसरकारी संस्थाहरु र शाखा-उपशाखा तथा कर्मचारीहरुको नाममा रहेको १ करोड ४३ लाख ७८ हजार ७ सय ४४ रुपैयाँ असुल उपरका लागि ३ सय १४ जना व्यक्ति तथा संस्थाहरुलाई तत्काल बेरुजु फर्छ्यौट गर्न पत्र काटिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । 

नगर प्रमुख आचार्यले एक सार्वजनिक सूचना प्रकाशित गरी महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा शंकास्पद बेरुजु छानबिन गर्न दिइएको निर्देशन बमोजिम महालेखा परीक्षकको कार्यालयले औंल्याएका बेरुजुको अध्ययन गर्दै आन्तरिक छानबिन समिति गठन गरी तोकिएको समयभित्र निष्पक्ष छानबिन पश्चात प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको उल्लेख गरेका छन् । साथै उक्त प्रतिवेदनको आधारमा नगदी-जिन्सी सामान हिनामिना तथा सरकारी हानी-नोक्सानी भएको ठहरेमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ । 

कोहलपुर नगरपालिकाले नगरपालिका स्थापना भएको २०७३ सालदेखि गत आर्थिक वर्ष २०७९-८० सम्मको महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख बेरुजु औंल्याएको र बेरुजु कम गरी सुशासनको प्रत्याभूति नगरवासीलाई गराउने उद्देश्यले गत आर्थिक वर्षको अन्त्यदेखि बेरुजु फर्छ्यौट गर्ने कार्यमा लागिपरेको जनाएको छ ।  कोहलपुर नगरपालिकाको नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार ७ सय ३७ रुपैयाँ, असुल उपर गर्नुपर्ने बेरुजु १ करोड ४३ लाख ७८ हजार ७ सय ४४ रुपैयाँ र  म्याद नाघेको पेश्की बेरुजु ५ करोड ८० लाख ४३ हजार ३ सय ५ रुपैयाँ रहेको जनाइएको छ ।  

नगरपालिकाले हालसम्म ५५ प्रतिशत बेरुजु नियमित गरिएको र यस आर्थिक वर्षको अन्त्यसम्म ७५ प्रतिशत बेरुजु फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेको नगर प्रमुख आचार्यले बताए । बेरुजु फर्छ्यौटको लागि कर्मचारीहरुलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन दिइएको छ । “यस आर्थिक वर्षको अन्त्यसम्म गत आर्थिक वर्षसम्मको ७५ प्रतिशत बेरुजु फर्छ्यौट हुने कुरामा हामी विश्वस्त छौं । सुशासन र जवाफदेहिता हाम्रो प्रमुख संकल्प हो । हाम्रो यस संकल्पमा आ–आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन  सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु,” आचार्यले भने । पश्चिम नेपालको उदयमान सहर कोहलपुरमा आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको नगरप्रमुख आचार्यले बताए ।


प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP