नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सुन प्रकरणको छानबिन गर्न सीआईबीले तोक्यो एसपी थापालाई अनुसन्धान अधिकृत
सुन प्रकरणको छानबिन गर्न सीआईबीले तोक्यो एसपी थापालाई अनुसन्धान अधिकृत
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २२, २०८० बागेश्वरी पोस्ट
सुन प्रकरणको छानबिन गर्न सीआईबीले तोक्यो एसपी थापालाई अनुसन्धान अधिकृत

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान आजदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अगाडि बढाएको छ।

सुन प्रकरणको अनुसन्धान अधिकृतका रुपमा सीआईबीले एसपी सञ्जयसिंह थापा तोकेको छ। आजबाट यस प्रकरणमा एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ।

उक्त सुन तस्करी प्रकरणमा राजश्व छलीमात्रै नभएर संगठित अपराध र अन्तरदेशीय अपराध भएको भन्दै अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने माग भएको थियो।

जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी  प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएपछि आइतबार साँझ १७ जना आरोपीहरूलाई राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्याइएको थियो । १८ दिनपछि विभागले आइतबार अनुसन्धानका प्रमाण र आरोपीहरूलाई सीआइबीको जिम्मा लगाएको हो । 

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १ क्विन्टल सुन बरामद गरेको थियो ।

उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् । 

यसअघि विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो । अहिले पंगेनीलाई पनि सीआईबीको अनुसन्धानमा सहयोग गर्न खटाएको प्रधान कार्यालयले जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP