नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकारितामा बौद्धिक चोरी बढिरहेको छः महासचिव गिरी
पत्रकारितामा बौद्धिक चोरी बढिरहेको छः महासचिव गिरी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २७, २०८० बागेश्वरी पोस्ट
पत्रकारितामा बौद्धिक चोरी बढिरहेको छः महासचिव गिरी

नेपालगञ्ज । बाँकेका अग्रज पत्रकारहरुले पत्रकारिता क्षेत्रका व्यक्ति तथा संस्थाका लागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताएका छन् । आज नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व.पन्नालाल गुप्त (चाचा) को ९५औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश पत्रकारहरुले सूचना प्रवाहका विषयमा सामाजिक संजाल हाबी भइरहेको बताएका हुन् । 

महेन्द्र पुस्तकालय नेपालगञ्जको समन्वयमा नेपाल प्रेस युनियन बाँकेले वरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्त प्रतिष्ठानको आयोजनामा 'पत्रकारिताको अवस्था, सम्भावना र चुनौती' विषयक अन्तरक्रियामा बोल्दै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले पत्रकारितामा अहिले वौद्धिक चोरी बढिरहेको बताए । उनले अहिलेको अवस्थाको पत्रकारिता सम्बन्धित विषय भन्दा बाहिर रहेको र समाजले के खोजेको छ भन्नेतर्फ कमै समाचारहरु प्रकाशित भइरहेको बताए । उनले न्यू मिडिया चुनौती बनिरहेको भन्दै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा गम्भीर बन्नुपर्नेमा जोड दिए । गिरीले चुनौती छिचोल्न 'इमान्दार पत्रकारिता' जरुरी रहेको बताए । प्रेस स्वतन्त्रता सेनानी गुप्त पत्रकारिताका मूर्धन्य व्यक्ति भएको भन्दै उनले गुप्त कर्मशिलता, निरन्तरता र सादगी जीवनशैलीका त्रिवेणी रहेको चर्चा गरे ।   

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले आम जनताले समाचार भन्दा पहिला सामाजिक संजालमार्फत सूचना पाउने गरेको बताए । उनले वर्तमान अवस्थामा समाचार प्रवाहका लागि अनलाइन मिडिया धेरै खुलेका तर तिनीहरुको निरन्तरता र क्रियाशिलता कम भएको बताउँदै पत्रकारले पनि सामाजिक संजाललाई स्रोत बनाएर समाचार बनाउने गरेको बताए । चौलागाईले वर्तमान अवस्थामा पत्रकार र मिडिया क्षेत्रको संख्या हेर्दा आफू अचम्मित भएको बताउँदै समाजले खोजेका समाचार लेख्नेतर्फ पत्रकारहरुको ध्यान नपुगेको बताए । 

No description available.

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रेस युनियन बाँकेका पूर्व अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदी, पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगिन शर्मा, बाँके शाखा अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष शिव डोटेल, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, सञ्चारिका समूहका अध्यक्ष रूपनी जिएम, मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, पत्रकार विरेन्द्र जैसी लगायतले बोलेका थिए । 

स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ताले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, पत्रकार महासंंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, अवधि पत्रकार संघ नेपालका अध्यक्ष राकेशकुमार मिश्र, प्रेस सेन्टर बाँकेका पूर्व अध्यक्ष डक्ट धिताल, क्रियाशील महिला पत्रकार समूह बाँके उपाध्यक्ष करूणा शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन युनियन बाँके सचिव भिष्म लोधले गरेका थिए ।
 


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
नेपालगञ्जमा जेड्सी प्रोफाइल प्रमाणीकरण कार्यशाला सम्पन्न
नेपालगञ्जमा जेड्सी प्रोफाइल प्रमाणीकरण कार्यशाला सम्पन्न
राप्तीमा पौडी खेल्न पसेका दुई बालबालिका डुबे, ९ वर्षीय सुलभको शव भेटियो, खुशीको खोजीमा सशस्त्र प्रहरी
राप्तीमा पौडी खेल्न पसेका दुई बालबालिका डुबे, ९ वर्षीय सुलभको शव भेटियो, खुशीको खोजीमा सशस्त्र प्रहरी
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP