नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • १४ किलो सुन तस्करीमा मुछिएका कलेज सञ्चालक पक्राउ
१४ किलो सुन तस्करीमा मुछिएका कलेज सञ्चालक पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १४, २०८० बागेश्वरी पोस्ट
१४ किलो सुन तस्करीमा मुछिएका कलेज सञ्चालक पक्राउ

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका कलेज सञ्चालक जीवनकुमार गुरूङलाई   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।

सिआइबीको टोलीले प्लाटिनम कलेजका सञ्चालक  गुरुङलाई आज बिहान काठमाडौंको सामाखुसीबाट  पक्राउ गरेको सिआइबी कार्यालयले जनाएको छ । 

सिआइबीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणमा पक्राउ गरेको जनाएको छ ।

सुन प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घले गुरुङबाट परिचालित भएको कुरा खुलेको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका गुरुङ आज बिहान पक्राउ परेका हुन् । 

भन्सार कार्यालयले उक्त सुन प्रकरणमा मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो । यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने र मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको हो । डनबहादुर भने फरार थिए ।

पक्राउ परेका गुरुङलाई आजै सिआइबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ ।

 

 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
सरकारसँग भएका सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
सरकारसँग भएका सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP